कलाकारलाई प्रदान गर्दै आएको सदस्यता तत्कालका लागि स्थगित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कलाकारहरूलाई प्रदान गर्दै आएको सदस्यता तत्कालका लागि स्थगित गरेको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको अध्यक्षतामा कार्तिक २५ गते बसेको कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो ।
संघले कम्तिमा ५ वटा व्यवसायिक चलचित्रमा अनुबन्ध भएर काम गरेका कलाकारलाई साधारण सदस्य प्रदान गर्ने विधानमा उल्लेख गरिएको छ । केही सदस्यताको आवेदन सम्बन्धमा उजुरी परि बुझ्नु परेकाले संघले सदस्यताको बिषयमा छानबिन गर्न तत्कालका लागि सदस्यता वितरण स्थगत गरेको हो ।
बैठकले हालसम्म सदस्यताका लागि परेको आवेदन माथि छानबिन गर्ने र सिफारिसमा केही विदेशी नियोगबाट सदस्य कलाकारको बारेमा सोधनी भै आएकोले संघ र कलाकारको गरिमालाई यथावत राख्नु जरूरी भएकाले सो सम्बन्धमा सम्बन्धित पक्षसंग पत्राचार गरी सत्यतथ्य पत्ता लगाउनु आवश्यक भएकाले हाललाई सिफारिशसमेत स्थगित गर्ने निर्णय गरेको छ- संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै, संघले निर्माण, प्रदर्शन र कलाकारको पेशागत उत्थानका लागि चलचित्र क्षेत्रलाई चलायमान बनाउन एक दिवसिय अन्तरक्रिया कार्यक्रम संचालन गर्ने पनि निर्णय गरेकोछ । उक्त समितिको संयोजकमा माहासचिब चेतबहादुर सिंह राजा र सदस्य सचिवमा कोषाध्यक्ष सुनिल कटुवाललाई मनोनयन गरिएको छ ।
प्रतिक्रिया