बिहीबार, वैशाख ११, २०८२

नेपाल मिडिया अवार्ड-२०७८ पुसमा आयोजना हुने

नेपालखोज २०७८ मंसिर १ गते १९:१८

काठमाडौं । नेपालमा पहिलो पटक नेपाल मिडिया अवार्ड–२०७८ हुने भएको छ । ड्रिम हाई नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी पुस २३ गते मिडिया अवार्ड–२०७८ आयोजना गर्ने बताएको हो ।

मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाई नेपालले बताएको छ । ‘सेलिब्रेटिङ विथ चेञ्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड नेपालमा सञ्चलानमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिने बताइएको छ ।

मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने छ ।

प्रतिक्रिया