आज विश्व टेलिभिजन दिवस मनाइँदै
नेपालखोज
२०७८ मंसिर ५ गते १०:४८

काठमाडौं । आज (आइतबार) विश्व टेलिभिजन दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
विश्वमा टेलिभिजन प्रसारण सन् १९३० को दशकमा सुरु भएको थियो । समय क्रमसँगै यो अहिले सशक्त सञ्चारमाध्यम बन्दै गएको छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भएको मानिन्छ । सन् १९७० को दशकमा विश्वका ६० मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भएको थियो ।
नेपालमा अहिले झन्डै सय बढी टेलिभिजन च्यानलले नियमित प्रसारण गरिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया