शाओमी-१२ अल्ट्राको विशेषता !

काठमाडौं । शाओमी १२ अल्ट्रालाई शाओमी कम्पनीको आगामी हाइ एन्ड एड्रोइड स्मार्टफोन भनिएको छ । चुहिएको केही सूचनाले यो अपकमिङ स्मार्टफोनको क्यामेरा स्पेसिफिकेसनका सम्बन्धमा केही जानकारी मिलेको छ । MI ११ अल्ट्राको सक्सेसरका रूपमा आउने यो फोनमा ५० मेघापिक्सलको प्राइमेरी सेन्सर रहने बताइएको छ । यो फोनमा स्नापड्रागन ८ जेन १ चिपसेट जडान हुनेछ । शाओमीले अहिलेसम्म यो फोनका बारेमा खासै जानकारी दिएको छैन । यद्यपि यो फोन शाओमी १२ अल्ट्रा तथा शाओमी १२ अल्ट्रा एडभान्स गरी दुई भर्सन आउने सम्भावना छ ।
शाओमी १२ को डिटेल्स पहिलो पटक गएको अगस्टमा लिक भएको थियो । वेबसाइट Xiaomiui को रिपोर्ट अनुसार शाओमीले दुई वटा कोड राखेर दुई नयाँ डिभाइसमा काम गरिरहेको छ । ती कोड हुन् – लोकी र थोर । यी दुई कोड नै क्रमशः शाओमी १२ अल्ट्रा तथा शाओमी १२ अल्ट्रा एडभान्स स्मार्टफोनको भएको दाबी गरिएको छ ।
शाओमी १२ अल्ट्रा तथा शाओमी १२ अल्ट्रा एडभान्स दुवै फोन स्नापड्रागन ८ जेन १ वा स्नापड्रागन ८९८ एसओसीद्वारा सञ्चालित हुन सक्ने बताइएको छ । शाओमी १२ अल्ट्रा क्वाड-क्यामेरा सेटअपयुक्त रहनेछ । यो फोन ५० मेघापिक्सेलको जीएन ५ सेन्सरले सुसज्जित हुनेछ । शाओमी १२ अल्ट्रामा २× जुम भएको ४८ मेघापिक्सेलको क्यामेरा, ५× जुम भएको ४८ मेघापिक्सेलको क्यामेरा तथा १०× जुम भएको ४८ मेघापिक्सेलको क्यामेरा गरी तीन वटा क्यामेरा रहनेछ ।
रिपोर्टअनुसार शाओमी १२ अल्ट्रा एउटा एक्सक्लुसिभ डिभाइसका रुपमा प्रस्तुत हुनेछ । यो फोन २०२२ को दोस्रो त्रैमासिकमा सार्वजनिक हुनसक्छ । शाओमीले आधिकारिकरुपमा केही नबताएकाले यसको मूल्य सम्बन्धी जानकारी पनि अन्योलमै छ ।
प्रतिक्रिया