आइतबार, वैशाख ७, २०८२

मन बूढो भएन…

नेपालखोज २०७८ मंसिर ११ गते ७:४६

’मन बूढो भएन… Young at heart .‘ हो महानायक राजेश हमालले यति मात्र लेखेर आफ्ना दुई तस्बिर फेसबुकमा पोस्ट गरेका थिए । वास्तवमा यो उनले हालै अभिनय गरेको एउटा गितको बोल ह‍ो । यद्यपि यो बोल उनको जीवनसँग पनि मेल खाने खालको छ । यति भए पछि हमालको पोस्टमा कमेन्टको ओहिरो लाग्ने नै भयो । हेरौं केही रोचक र रमाइला कमेन्टहरु :

रमा ओली
८० वर्षका नेताले हामी युवा हौं भन्छन्, तपाई किन युवा नहुने ?

नाजिर हुसेन
१६ वर्षे ठिटो हाम्रा राजेश दाजै ।

मनोज अधिकारी
दाई १६ वर्षे जवानीमा नि मन् बुढो कहाँ हुन्छ र ?

दिवस पोखरेल
तपाईंलाई देखेर मेरी बुढी सधैं मसँग झगडा गर्छे। लानु नि तपाईंले उसलाई बेहुली बनाएर ।

देबेन्द्र सापकोटा
मन बुढो नभएको प्यारो मान्छेको छोरा-छोरी हेर्ने यो सापकोटाको रहर ।

रमेश महर्जन माइला
राजेशजि तपाईं जति बुढो भएपनी हाम्रो मनमा सधैभरी पहिलेको जवान हिरो नै हुनुहुन्छ ।

शुरेस घताम
सदाबहार ह्यान्डसुम दाजु । फिटनेसले दाजुलाई बुढो हुन दिएको छैन ।

कमलेश कुमार महत‍ो
मान्छेको शरीर मात्र बुढो हुन्छ, मन होइन ।

नारायण प्रसाद अधिकारी
बाबुनानी नखेलाइ कसरी मन बुढो बनाउनु भन्या !

ओम प्रकाश ओम
महानायक कहिल्लै बुढो हुँदैन दादा ।

नवीन मल्ल ठकुरी
छोराछोरी भएनन् मामा छोराछोरी भएनन् ।

लिङदेन दया हाङ
लु बरबादै भए छ नि हाउ ।

रमेश जमाल
तन पनि बुढो नहोस् महानायक दाजु ।

बिपु ठकुरी
हमाल पनि कहिले बुढो हुन्छ र ?

सम्राट सुनार
जबन दिलको धड्कन ।

कमल बिरही गौतम
१६ देखि २० वर्षका केटिको ग्रुपमा तपाईं कै कुरा गर्दै थिए,
एउटा विवाहित स्त्रीको ग्रुप नि तपाईं कै कुरामा मस्किदै थिए ,
आन्टीहरू नि तपाईंकै कुरा गरेर बसेका हुन्छन्
अनि तपाईंलाई बुढो भन्ने कि जवान म चाहिँ हैरान छु बाजे ।

माधव खनाल
बुढो नभको भए एउटा छोरो पाएर देखाउनु , बल्ल विस्वास हुन्छ ।

बिमला लामिछाने
मन कहिल्लै बुढो हुँदैन नि ।

लाओतिना आबुहाङ
कस्ले भन्यो तपाईलाई बुढो भनेर ? म त स्विट सिक्सटिन कै देख्छु अझैं ।

रबिन्द्र चौधरी
इच्छा शक्ति कमजोर भए मात्र मानिस बुढो हुन्छ ।

दिनेश रास्कोटी
जति बुढो हुँदै गयो त्यति जवानी चढ्दै जाँदो रहेछ ।

मोहन जंग पौडेल
मोज गर्नुस …..

वीर धामी बिरु
घोर्ले छोरो कहिले जन्माउने ?

श्रेष्ठ सञ्जय
उमेर गयो बैंश गयो मन भने तन्नेरी , उहिलेको कुरा सम्झियो भने लाज लाग्छ धत्तेरी , कि कसो दाजु ?

मगर दिपक
छिटो छोरा उत्पादन गर बुढा अब ।

भेषराज कार्की
तपाईंको आवाजले बाघ त डराउँछ अनि शरीर त बुढो भएको छैन मन के बुढो हुन्थ्यो ?

ईश्वर थापा
उमेरअनुसार तपाईं हजुरबुबा बन्ने बेला भईसक्यो अझैसम्म बच्चा जन्माउनु भएको छैन के कारण होला ?

अशोक तिवारी
जबसम्म महानायक दाइलाई मन बुढो भएको फिलिङ्स आउदैन तबसम्म नेपाली जनताको आशा, भरोसा र अपेक्षा राजेश दाइको एक दर्जन छोरा छोरीको । राजेश दाइको तनमन, यौवन, यो सोह्र बर्षे लक्का जवान ठिट , बैसालु उमेर जे भने पनि अब उत्पादनमुलक क्षेत्रमा लाग्नुपर्ने हुन्छ मान्यवर ।

छत्र विष्ट
दाजै तन त बुढो भयो !

राजेश लिम्बू
कता बुढो हुनु त महानायक भएपछि ।

जेठा राना मगर
जिउ भएर के गर्नु बिउ नभएपछि ।

मलिन पुन मगर
(जेठा राना मगरको टिप्पणीमा प्रती टिप्पणी गर्दै ) अब त आशै मर्ला – मर्ला जस्तो भाछ ।

शिवराम थपलिया
राजेश जि तपाईं जति बुढो भएपनी हाम्रो मनमा सधै भरी पहिलेको जवान हिरो नै हुनुहुन्छ ।

मात्रिका पौडेल
राजेश दाई कहाँ अहिले नै हार मान्या ?
एउटा छोरा त चाहियो नी ।

प्रतिक्रिया