बस्न्यातको ‘मिलाउने दैव…’ (भिडियोसहित)
नेपालखोज
२०७८ मंसिर १५ गते १३:३८

काठमाडौं । म्युजिक भिडियोबाट पनि सामाजिक कथा देखाउन सकिन्छ भनेर पछिल्लो समय कथा बुनेर म्युजिक भिडियो बनाउने चलन बढ्दो छ ।
यसैबीच निर्देशक राज बस्न्यातको निर्देशनमा ‘मिलाउने दैव’ बोलको गीत सार्वजनिक गरिएको छ । निर्देशक बस्न्यातले आधा दर्जनभन्दा बढी फिल्म निर्देशन गरिसकेका छन् ।
निशान भट्टराईको आवाज, तिलक भट्टराईको शब्द एवं वसन्त सापकोटाको संगीत रहेको गजल गीतको भिडियोले अहिले समाजमा देखिरहेको परिस्थितिलाई छर्लंग पारेको छ ।
गीतको भिडियोमा पनाह अधिकारी, तिलक भट्टराई, राज बस्न्यात, सुरज पोखरेललगायत कलाकारको अभिनय छ । गीतलाई वाईपी घिमिरेले छायांकन गरेका हुन् भने सम्पादन निर्देशक बस्न्यात स्वयंले गरेका छन् । भिडियोमा कलर भर्ने काम भने जोन तामाङले गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया