बिहीबार, वैशाख ११, २०८२

‘कठपुतली’ को ट्रेलर सार्वजनिक

नेपालखोज २०७८ मंसिर २२ गते २१:३७

काठमाडौं । फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्ना क्रमलाई देखाइएको छ । हरर् विधामा निर्माण भएको यो फिल्म आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।

यस फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन् ।

फिल्मकी कार्यकारी निर्मातासमेत रहेकी मल्लले फिल्म हरर् विधामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’ फिल्मले भूत प्रेत, तन्त्र मन्त्रको कथा भन्नेछ ।

कार्यक्रममा कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । फिल्मले नारी पात्रलाई सशक्त रुपमा प्रस्तुत गरेको शर्माले बताए । लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलो पटक हरर् फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन ।

प्रतिक्रिया