‘योजना हुनु राम्रो हो, तर उद्देश्य हुनु अझ बढी महत्त्वपूर्ण छ’

– जब तपाईंको जीवन अनुभव इन्द्रियहरूको बोधभन्दा पर जान्छ, तबमात्र यो शाश्वत वा निरपेक्ष हुन्छ, यो सापेक्षिक हुँदैन ।
मानिसहरू जे बन्छन्, यो जरूरी छैन कि त्यो उनीहरूमा भरपूर ज्ञान, क्षमता र योग्यताले गर्दा हुने हो । बरु, उनीहरू आफूले गर्ने काममा पूर्ण रूपमा समर्पित भएकोले हुने हो ।
– यदि दुईजना मानिसहरू एकसाथ रहन्छन् भने, यो संगत खुसी बाँड्नको लागि हुनुपर्छ, एक–अर्काबाट खुसी निचोर्नको लागि होइन ।
– मन लचिलो हुनुपर्छ, तबमात्र त्यसमा बुद्धिमत्ता र समझदारी प्रवाह हुन सक्छ ।
– तपाईं जो हो, त्योभन्दा बढी तपाईंले गर्न सक्नुहुन्न । आफूलाई उन्नत नबनाइकन, तपाईंले गर्ने कामहरूलाई उचाइमा पुऱ्याउन सकिँदैन ।
– जब तपाईं आनन्दित रहनुहुन्छ, संसार आनन्दमय देखिन्छ ।
– मन जुन विशाल सम्भावना हुनुपर्ने थियो, अधिकांश मानिसहरूको लागि त्यो पीडादायक भएको छ । यसको मूल कारण भनेको हामीले मनले कसरी काम गर्छ भनेर कहिल्यै ध्यान दिएका छैनौँ ।
– मार्ग नै गुरु हुन् अनि गुरु नै मार्ग, यी दुईबीच कुनै भिन्नता छैन ।
– योजना हुनु राम्रो हो, तर उद्देश्य हुनु अझ बढी महत्त्वपूर्ण छ । यदि तपाईंसँग उद्देश्य छ भने, योजनाहरू बुनिनेछन् अनि अभिव्यक्त हुनेछन् ।
– विशाल अस्तित्वमा, सृष्टिको ठूलो हिस्सा हाम्रो सीमित बोध र ज्ञानभन्दा पर छ । यसरी असीमित रूपमा फैलिएको अज्ञानतालाई शिव भनिन्छ । यदि हामीले अज्ञानतलाई गहिराइमा खोज गऱ्यौँ भनेमात्र, त्यहाँ ज्ञान उदय हुन सक्छ ।
– कुनै चीजलाई आफ्नो हिस्सा बनाउन, तपाईंले आफ्नो अलिकति हिस्सा त्याग्नुपर्ने हुन्छ ।
– उत्सव कुनै विशेष उपलक्ष्यमा सीमित हुनुहुँदैन । तपाईंको सम्पूर्ण जीवन, तपाईंको अस्तित्व नै उत्सव बन्नुपर्छ ।
प्रतिक्रिया