बिहीबार, वैशाख ११, २०८२

अल्ट बालाजी अब नेपालमा, टेलिनेटसँग वितरणको साझेदार

नेपालखोज २०७८ मंसिर २४ गते १३:१६

काठमाडौं । लोकप्रिय भारतीय ओटीटी प्लेट फम अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्धन र वितरण गर्न टेलिनेट प्रालीसँग साझेदारी गरेको छ । नेपालमा यसको प्रवद्र्धन र वितरण टेलिनेट प्रालीले सुनिश्चित गर्नेछ । डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवे जस्ता स्थानीय बिलिङ च्यानलहरुमार्फत भुक्तानी गरी प्रयोगकर्ताहरुले घरमै बसेर आनन्द लिन सक्नेछन् ।

अल्ट बालाजीमा रहेको रोमाञ्चक कार्यक्रमहरु हेर्न चाहने नयाँ प्रयोगकर्ताहरुका लागि यो सहकार्य महत्वपूर्ण मानिएको छ, जुन योभन्दा अगाडि धेरैको पहुँचमा थिएन । टेलिनेट प्राली अल्ट बालाजीको एक आधिकारिक पुनः विक्रेता हो । यसको माध्यमबाट प्रयोगकर्ताहरुले एकल प्लेफर्ममा सबै ओरिजिनल, वेब सिरीज, चलचित्र र अन्य सामाग्रीहरुमा निरन्तर पहुँच पाउनेछन् ।

प्रयोगकर्ताहरुले यी सामाग्रीहरु मोवाइल, ल्यापटप, स्मार्ट टि.भी. र एण्ड्रोइडमा हेर्न सक्नेछन् भने कुनै एक सदस्यले पाँच वटा सम्म प्रोफाइल बनाउन सक्नेछन् । साथै, नेपाली प्रयोगकर्ताहरुले धधध।नाकबचभलब।अयmरब्तिदबबिवष् मा गएर ई–सेवा, खल्ती, आइएमई पे र सेल पे जस्ता डिजिटल वालेटहरु प्रयोग गरी सदस्यता लिन सक्नेछन् ।

टेलिनेटको प्रमुख कार्यकारी अधिकृत नभंकर सुद भन्छन्, ‘मनोरञ्जनमा रमाउनेहरुको लागि ओटिटी प्लेटफर्म अहिलेको नयाँ लहर हो । विभिन्न व्यापार मोडलहरु मार्फत प्रयोगकर्ताहरुलाई मनोरञ्जनका सामाग्रीमा निर्बाध पहुँच प्रदान गर्ने हाम्रो रणनीतिले नेपाल बजारका लागि सहकार्यमा नयाँ आयाम सुनिश्चित गर्नेछ भने अल्ट बालाजीले नेपालका दर्शकहरुका लागि निरन्तर उच्च गुणस्तरको आकर्षक सामग्री प्रवाह सुनिश्चित गर्नेछ ।’

प्रतिक्रिया