सोमबार, वैशाख ८, २०८२

ती मारिए

सुनील सापकोटा २०७८ मंसिर २५ गते ८:०८

एउटा मानिस
जो मानवताको कुरा गर्थ्यो
कट्टर पन्थीहरु बाट मारियो

एउटा मानिस
जो चेतनाका कुरा गर्थ्यो
पाण्डितहरु बाट मारियो

एउटा मानिस
जो भ्रष्टाचार बिरोधि कुरा गर्थ्यो
कर्मचारीहरु बाट मरियो

एउटा मानिस
जो क्रान्तिकारी कुरा गर्थ्यो
नेताहरु बाट मारियो

एउटा मानिस
जो ब्यक्तीगत स्वतन्त्रताको कुरा गर्थ्यो
धार्मिक समाज बाट मारियो

त्यसैले …..

तपाइहरु पनि कहिँ कतै
केही कुरा नगर्नु होला
बाँच्नु छ भने
आफ्नै बारेमा मात्र सोच्नु होला …. ।

प्रतिक्रिया