सोमबार, वैशाख ८, २०८२

फेरि भेट्नेछु !

डा. प्रकाशचन्द्र लोहनी २०७८ पुष १ गते १२:०५

पहिलो पटक को भेटमा
तिमि हासेर बोल्यौ
सबैलाई स्नेह शान्ति दियौ
आँखा बन्द हुने अगाडि पनि
शान्त भएरै गयौ

शान्ति र सद्‌भावबीच को जिन्दगी
धेरै माया गरी
आँखाभित्र किन यति धेरै आँसु दियौ

अब तिमी अनन्त ब्रह्‍माण्डमा
तिम्रो त्यो शान्त अनुहार
बोलीमा छचल्किएको स्नेह
सदा त्यो मैत्रीपूर्ण मुस्कान
मुटुभित्र को मुटुमा
सधैं सम्झना रहनेछ

एकाएक सम्झन्छु
यो छोटो तिम्रो जिन्दगीमा
म किन देखा परें
ईश्वरको लीला
कसले बुझ्ने
आज पनि खोज्छु
त्यो समुद्रको किनारमा
त्यो कफी पसलको गफमा
हँसिलो एउटा नेपाली अनुहार
सौम्य र शान्त मुस्कान
कुनै कालमा तिमीलाई भेट्नेछु
सायद अर्को जिन्दगीमा ।

प्रतिक्रिया