नेपाल राष्ट्र बैंकले दुई अर्बको ट्रेजरी बिल बिक्री गर्ने
नेपालखोज
२०७६ फागुन ४ गते १४:२६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार र दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।
उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया