चीनबाट नेपाली उद्धार गरेको जहाज ४८ घण्टा नउड्ने
नेपालखोज
२०७६ फागुन ४ गते १७:३७
काठमाण्डौ । चीनको वुहानबाट नेपालीलाई उद्दार गरेर आज बिहानै काठमाण्डौ अवतरण गरेको नेपाल एयरलाइन्सको विमान करिब २ दिन अर्थात् ४८ घण्टा नउड्ने भएको छ । त्रिभुवन विमानस्थलमा आज विहान सवा तीन बजे अवतरण गरेको विमान स्वास्थ्य सतर्कताका लागि ४८ घण्टा नउडाइने भएको हो ।
विमानलाई विमानस्थलको रिर्मोट पार्किङमा राखिएको छ । ४८ घण्टापछि मात्रै नियमित उडानमा जान अनुमति दिइने बताईएको छ ।उक्त ४८ घण्टाको अवधिमा विमानलाई मेडिकल्ली गर्नुपर्ने ट्रिटमेन्टका कामहरु गरिनेछ ।
सम्बन्धित
प्रतिक्रिया