बिहीबार, वैशाख ११, २०८२

नेप्सेको उच्च वृद्धिमा लाग्यो ब्रेक, ३० अंकले घट्दा चार अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ पुष २१ गते १५:४०

काठमाडौं । नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ६३ दशमलव एक अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने ३० दशमलव ७५ अंकले घटेर २६ सय ४९ दशमलव २० अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ६८ अंकले घटेर चार सय ९७ दशमलव तीन अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ३६ कम्पनीको ५८ हजार पाँच सय ७२ पटकको कारोबारमा ९५ लाख ५९ हजार चार सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ६२ करोड १५ लाख ९८ हाजार पाँच सय ८३ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहहरूको कारोबार हुँदा जलविद्युत् र फाइनान्स समूहहरूको सूचक क्रमशः १४ दशमलव सात र दुई दशमलव ११ अंकले बढेका छन् भने बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २७ दशमलव ७९ अंकले घटेर १७ सय ९७ दशमलव ३४ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय २८ दशमलव नौ अंकले घटेर ११ हजार आठ सय ९५ दशमलव ७२ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ५६ दशमलव ९६ अंकले घटेर १४ हजार सात सय ५२ दशमलव ५९ अंकमा झरेकामा विकास बैंक, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज मध्यभोटेकोसी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेर दुई सय १४ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा विजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ५५ प्रतिशतले घटेर १३ सय २२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता १५ सय २३ रुपैैयाँ अन्तिम मूल्यमा १८ करोड ७२ लाख ६२ हजार तीन सय ३१ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया