आउँदै ‘कमेडी क्लब विथ च्यम्पियन्स’

काठमाडौं । हाँस्य व्यंग्य विधाको नयाँ रियालिटी शो आउने भएको छ । की इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्तरुपमा कमेडी क्लब विथ च्यम्पियन्स नामको हाँस्य व्यंग्य विधाको नयाँ रियालिटी उत्पादन गरि प्रशारण गर्ने भएका हुन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै की इन्टरटेन्मेन्टले कमेडी क्लब विथ च्यम्पियन्स आगामी माघदेखि हरेक सोमबार नेपाल टेलिभिजनमा प्रशारण गर्न लागेको बताएको छ ।
सोमबार बेलुकी ८ः५० बजे प्रशारण हुने कमेडी क्लब विथ च्यम्पियन्समा कमेडी च्याम्पियन सिजन १ र २ का कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।
कार्यक्रममा मुख्य कलाकारको रुपमा पवन भट्टराई, उमेश राई (फुलन्देकी आमा), मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, सुमन कार्की र कैलाश कार्की रहने बताइएको छ । हाँसो र व्यंग्यमार्फत परिवार समाज र आम जनमानसमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको आयोजक संस्था की इन्टरटेन्मेन्टले बताएको छ ।
प्रतिक्रिया