जिन्दगी तीन मुक्तक !
विवश पोखरेल
२०७८ पुष २४ गते ७:२९

जिन्दगी -१
कहिले लाग्छ जिन्दगी आलु हो, पोलेर खाँदैछु
कहिले लाग्छ जिन्दगी चिनी हो, घोलेर खाँदैछु ..
तपाईंसँग छ भने सुटुक्क, लिएर आउनु होला
अचेल सितन बनाएर जिन्दगी, मोलेर खाँदैछु ।
जिन्दगी – २
जिन्दगी हो बाँच्न, अनेक कुरा सोच्नु पर्छ
मनभित्रका वेदना, मनभित्रै नै कोच्नु पर्छ
मरेपछि पनि यहाँ सजिलो त रहेन छ यार !
खरानी भएर बग्न नि, सयौं पटक घोच्नु पर्छ ।
जिन्दगी – ३
यादहरूमा जब, जिन्दगीका विविध पल बग्छ
क्रमशः कहिले विश्वास बग्छ, कहिले छल बग्छ अनुभव र अनुभूतिको, अथाह समुद्र हो जिन्दगी
जहाँ कहिले मुस्कान, कहिले आँसुको भल बग्छ !
सम्बन्धित
प्रतिक्रिया