खतरनाक !
सुनिल सापकोटा
२०७८ पुष २४ गते ८:४०

देश गणतन्त्र हुँदैमा डराउनु पर्दैन
नेताहरुको झुठो आश्वासनले पनि फरक पार्दैन
खतरनाक त त्यतिखेर हुन्छ
जब निर्वाचनमा भोट बिक्री हुन्छ ।
देशको जनसंख्या वृद्धिमा डराउनु पर्दैन
बेरोजगारीले पनि त्यति फरक पार्दैन
खतरनाक त त्यतिखेर हुन्छ
जब जनता चुपचाप बस्छ ।
कुनै जातिले पहिचान खोज्दैमा डराउनु पर्दैन
उनीहरूको मागले पनि त्यति फरक पार्दैन
खतरनाक त त्यतिखेर हुन्छ
जब साम्प्रदायिक सद्भाव भड्किन्छ ।
जनताको जागरुकता बाट डराउनु पर्दैन
जनताको आवाजले पनि त्यति फरक पार्दैन
खतरनाक त त्यतिखेर हुन्छ
जब जनताको सपना मर्छ
जब देशमा मुर्दाशान्ति हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया