मंगलबार, वैशाख ९, २०८२

‘अस्तित्वमा सबैभन्दा विशाल शक्ति भनेको चेतना हो’

सदगुरु २०७८ माघ ४ गते ८:२१

-जबसम्म तपाईंभित्र रिस, चिढचिढापन, घृणा, ईर्ष्या र असहनशीलता रहिरहन्छ, तपाईं एउटा बम जस्तै हो, जुन जतिबेला पनि बिस्फोट हुन सक्छ ।
-हामीले जानेका कुराहरू अनि तिनलाई सन्दर्भअनुसार व्यवहारमा उतार्न सक्ने कार्यको मिश्रण नै ज्ञान हो ।
-अहिलेको समस्या पार्किङ, फोहोर-मैला वा स्वास्थ्य सेवा होइन । एकमात्र समस्या हो मानव जनसङ्ख्या । ती सबै जवान महिलाहरू जो सचेतन रूपमा बच्चा नजन्माउने निर्णय गर्छन्, उनीहरूलाई पुरस्कृत गरिनुपर्छ- किनकि यस धरतीको एकमात्र वास्तविक समस्या भनेको एक हदसम्मको जनसङ्ख्या पनि हो ।
-योगको प्रक्रियामा हुनुको अर्थ तपाईंको जीवनलाई द्रुत गतिमा अघि बढाउनु हो ।
-प्रेम सम्बन्ध यसकारण अर्थपूर्ण हुन्छ, किनकि यसले तपाईंलाई पूरै मिठास र मधुरताले भरिदिन्छ ।
-जीवनमा सबैभन्दा उच्च सम्भावनाहरू के-के छन् भनेर हरेक मानिसले जान्नुपर्छ । उनीहरू त्यस पथमा अन्तिमसम्म जान्छन् कि जाँदैनन् भन्ने कुरा उनीहरूमा निर्भर गर्दछ ।
-अस्तित्वमा सबैभन्दा विशाल शक्ति भनेको चेतना हो, अनि तपाईं त्यही चेतना हो ।
-यदि तपाईंले कुनै चिज वा कोही व्यक्ति तपाईंको विरुद्ध छन् भनेर सोच्नुभयो भने, तपाईंले आफ्नो ‘योग’ गुमाउनुभयो, तपाईंले आफ्नो समावेशीपन गुमाउनुभयो ।
-अतीतलाई तपाईं सम्झिन सक्नुहुन्छ । वर्तमानलाई तपाईं अनुभव गर्न सक्नुहुन्छ । तर, भविष्यलाई तपाईं रच्न सक्नुहुन्छ ।

प्रतिक्रिया