बिहीबार, वैशाख ११, २०८२

झन्डै ६ अंकले नेप्से घट्दा पाँच अर्ब ३९ करोडको सेयर किनबेच

नेपालखोज २०७८ माघ ११ गते १५:४३

काठमाडौं । नेप्सेमा सामान्य अंकले गिरावट देखिएको छ । अघिल्लो दिन एक सय अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने पाँच दशमलव ९२ अंकले घटेर २८ सय १४ दशमलव ७४ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १७ अंकले घटेर पाँच सय २४ दशमलव ८६ अंकमा पुगेको छ । दुई सय २९ वटा कम्पनीको ७२ हजार चार सय एक पटकको कारोबारमा ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा जीवन बिमा समूहको सूचक ६३ दशमलव १३ अंकले बढेर बाँकी समूहहरूको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव २५ अंकले घटेर १८ सय ३४ दशमलव ७७ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि २० दशमलव आठ अंकले घटेर चार हजार नौ सय ५० दशमलव ९७ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि २२ दशमलव ६२ अंकले घटेर १२ हजार आठ सय ६१ दशमलव २३ अंकमा झरेकामा जलविद्युत्, फाइनान्स ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ११ सय छ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा कृषि विकास बैंकको ऋणपत्र २०८३ को प्रतियुनिट सेयर मूल्य भने आठ दशमलव ३४ प्रतिशतले घटेर एक हजार रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ । यसैगरी आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १३ सय २२ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड ९४ लाख ५१ हजार चार सय १७ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया