मंगलबार, वैशाख ९, २०८२

‘डर’ प्रेमको अभाव

एलपी भानु शर्मा २०७८ माघ १४ गते ९:३१

-प्रभु प्रेमको यात्रा संकल्पबाट सुरु हुन्छ र समर्पणमा पुगेर पूर्ण हुन्छ !
-जीवनले तिनै विषयहरू तपाईंलाई देखाउनेछ जुन तपाईंभित्र लुकेका छन् । यदि तपाईं आफूलाई बाहिरबाट मात्र हेर्नुभयो भने जीवन अर्थहीन र रसहीन लाग्नेछ ।
-यदि आफ्नो अन्तर्हृदयलाई हेर्नुभयो भने त्यसको पिँधमा आफ्नै आत्मा र त्यसको शिखरमा परमात्मा बिराजमान पाउनुहुनेछ ।
यदि आफूलाई हेर्ने प्रयास गर्नुभएन भने जताजतै अन्धकार मात्र देख्न बाध्य हुनुहुनेछ ।
-जीवन के-हो त्यो नसोध । जीवनलाई के बनाउन चाहन्छौ त्यो आफैंलाई सोध ।
-शरीर सवारीसाधन हो ।
मष्तिष्क स्टियरिङलगायत नियन्त्रण उपकरणको समूह हो ।
मन सवारी चालक हो ।
चेतना या जीवनऊर्जा सवारीसाधनको मालिक हो । अब भन्नुहोस्, तपाईंचाहिँ को-हो र कहाँ बस्नुहुन्छ ?
-‘डर’ प्रेमको अभाव हो । ‘घृणा’ प्रेमको अस्वीकृति हो ।
-मृत्यु-इच्छा नमर्दै प्राणशक्ति सिद्धिनु
मोक्ष-प्राणशक्ति रहँदै इच्छा सिद्धिनु ।
-मानिसले ‘म’ लाई नचिनेर केही ‘मेरा’ खोज्दै हिँडेको छ । ‘म’ लाई भेटेको दिन सबै नै स्वतः ‘मेरा’ हुन पुग्छन् !
-सामान्य बुद्धिले हेर्दा संसार समस्यै-समस्याको जालो देखिन्छ । हृदयको आँखाले हेर्दा यही संसार भगवानको बाहिरी रूपसरह देखिन्छ । रोजाइ आ-आफ्नै !

प्रतिक्रिया