आइतबार, वैशाख ७, २०८२

१९९० सालको महाभूकम्पको त्रासदी…

सुनील उलक २०७८ माघ १५ गते ११:३६

८८ वर्ष अगाडि वि.सं. १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट २२ सेकेन्ड जाँदा काठमाडौंमा गएको भूकम्पको केन्द्रविन्दु बिहारको सीतामढीदेखि नजिकै थियो । ८ हजार ५१९ जना मानिसको मृत्यु भएको सो भूकम्प नेपाली इतिहासमा भयावह घटना थियो । यस महाभूकम्पमा सबैभन्दा धेरै काठमाडौ उपत्यकामा मात्र ४२९६ जनाको मृत्यु भएको थियो । त्यस्तै पूर्वी पहाडमा ३९७४, पश्चिमा पहाडमा ६५ र पूर्वी मधेसमा १८४ जनाको मृत्यु भएको थियो । यसैगरि केही वर्ष अगाडी २०७२ को भूकम्पमा ८५५६ जनाको मृत्यु भएको थियो ।

No description available.

त्यति बेला जुद्धशम्शेर पश्चिम नेपालमा सिकारमा गएका थिए भने राजा त्रिभुवन नागार्जुनमा हुनुहुन्थ्यो । धेरैजसो जनरल जुद्धशमशेरको साथ गएकाले कामु प्रधानमन्त्री रहेका रुद्रशमशेरलाई सम्पूर्ण व्यवस्था मिलाउन निकै कठिन भएको थियो ।

No description available.

राजधानी उपत्यकामा ५५ हजार ७३९ घरमा क्षति पुगेको थियो । टुँडिखेल र भण्डारखालमा सरकारले पाल लगाइदियो । अन्य खाली जमिनमा बाँस र खरको छाप्रो बनाउन नि:शुल्क उपलब्ध गराइयो । नेपालमा पहिलोपटक २५ लाख थान कर्कटपाता पनि सरकारले मगाइ सस्तोमा जनतालाई उपलब्ध गराइयो । नेपालमा सिमेन्ट पनि पहिलोपटक १९९० को भूकम्प पछि नै नेपाल भित्रियो । पानी, बिजुली र रोपवे जस्तो महत्त्वपूर्ण सबैभन्दा पहिले खुल्यो । माघ ७ गते बल्ल टेलिफोन नियमित भएपछि भारतमा नेपालको भूकम्पको जानकारी पुग्यो र त्यहाँ भएको घटनाको जानकारी बल्ल पाए ।

No description available.

श्री ३ जुद्धले माघ ६ गते समाचार पाएपछि माघ ९ गते काली किनारमा मृतात्माको शान्तिका लागी हजारवटा गाई दान गरी विभिन्न कठिनाइपछि माघ २२ मा काठमाडौं पुगे । त्यसपछि भूकम्पपीडितोद्धारक संस्था खोली निर्ब्याजी रुपमा रकम उपलब्ध गराए । जुन पछि सबैलाई ऋण माफी पनि गराए । भने कर्मचारी सबैलाई चार महिनाको तलब पेस्की दिएका थिए ।

No description available.

त्यसबेला पश्चिम ३ नं. पोखरामा भूकम्पको आवाज ठूलो भए पनि खासै असर गरेन । केवल एक घरमात्र भत्केको थियो । मानिस र वस्तु भाउको नोक्सान भएन ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

प्रतिक्रिया