सहिद !
अर्जुन पराजुली
२०७८ माघ १६ गते १६:३८

सहिद तिनीहरुको पनि छन्
सहिद मेरो देशमा पनि छन्
तिनीहरूको देशमा
सहिदका सपना साकार पार्न
आफ्ना सपनालाई रुखमा झुण्ड्याइन्छ
मेरो देशमा
आफ्ना सपना साकार पार्न
सहिदका सपनालाई रुखमा झुन्ड्याइन्छ !

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया