बिहीबार, वैशाख ११, २०८२

जाल्पा सामुदायिक लघुवित्तकाे आईपीओ आजबाट

नेपालखोज २०७८ माघ २१ गते ६:३९

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आजबाट बिक्री खुला भएको छ । आजबाट बिक्री खुला भएको आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ८ हजार कित्ता सेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीले सेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया