‘शान्ति र खुसी : न त बजारमा हुन्छन्, न जंगलमा- यी तपाईंभित्रै हुन्छन्’
जब तपाईंले गर्ने हरेक काममा अर्पणको भाव हुन्छ, तब कर्मले तपाईंलाई बन्धनमा पार्दैन ।

-उप-योग एकदमै सरल तर शक्तिशाली अभ्यास हो, जसले जोर्नी, मांसपेशी र ऊर्जा प्रणालीलाई सक्रिय गर्दछ । मानव प्रणालीभित्र रहेका ७२,००० नाडीमार्फत ऊर्जा प्रवाहित हुन्छ । जोर्नीमा, नाडीहरूले ऊर्जा विन्दुहरू बनाउँछन्, जसकारण जोर्नीमा ऊर्जा जम्मा भएर रहन्छ । उप-योग अभ्यासहरूले त्यस ऊर्जालाई सक्रिय गर्छन्, अनि तपाईं बढी सतर्क र जीवन्त महसुस गर्नुहुन्छ ।
-जब तपाईंले गर्ने हरेक काममा अर्पणको भाव हुन्छ, तब कर्मले तपाईंलाई बन्धनमा पार्दैन ।
-तपाईं अहिले जहाँ हुनुहुन्छ, त्यसबारे जब तपाईंभित्र पूरै स्पष्टता आउँछ, अर्को स्तरको अनुभव तपाईंको निम्ति स्वत: खुल्नेछ ।
-यही समय हो, तपाईंको जिम्मेवारी र प्रतिबद्धता व्यक्त गर्ने- सम्पूर्ण जीवनहरूप्रति अनि तपाईं स्वयंको जीवनप्रति समेत ।
-तपाईंको ध्यान केवल तपाईंको बारेमा होइन । यदि तपाईं साँच्चिकै ध्यानमग्न हुनुभयो भने, केही नजानीकनै, तपाईं वरपरका सबैथोक शान्तिपूर्ण बन्दछन् ।
-महासागरहरूलाई जीवित र प्रदुषणमुक्त राखौं- यसैमा मानवताको भविष्य निहित छ ।
-शान्ति र खुसी, न त बजारमा हुन्छन्, न जंगलमा- यी तपाईंभित्रै हुन्छन् ।
-यदि तपाईंले पर्याप्त ध्यान दिनुभयो भने, तपाईं कुनै पनि कुरामा निपुण बन्न सक्नुहुन्छ ।
-हामीले पर्यावरणमा जुन क्षति पुऱ्याउँछौं, त्यो हामी आफूभित्र जस्तो छौँ, त्यसैको परिणाम हो । जब हामीलाई यो थाहा हुन्छ कि आफ्नो भित्री वातावरणलाई ठीक राख्नु हाम्रो हातमा छ, तब हामीले यो बुझ्ने छौँ कि पर्यावरणका लागि जरूरी कार्य गर्नु पनि हाम्रो हातमा हुन्छ ।
-यदि तपाईं आफ्ना बाध्यात्मक प्रवृत्तिहरूबाट पर जान चाहनुहुन्छ भने, एकमात्र तरिका भनेको सचेतन हुनु हो ।
प्रतिक्रिया