लता मंगेशकरको निधनमा कसले के भने ?

काठमाडौं । विश्वभरिका सबै संगीतप्रेमीका मन मस्तिष्कमा बस्न सफल साक्षात् सरस्वतीको अवतार लता दिदीको आज सरस्वती पूजाकै दिन निधनले स्तब्ध भएको छु । साथै दिदीसँगको त्यो एक घण्टा मैले बिताएको क्षण र नेपाली गीत-संगीतप्रतिको दिदीको त्यो श्रद्धा र माया प्रेम सधैभरि अटल अमर रहेनछ । लता दिदीले आफ्नै क्यामेराबाट खिच्न लगाएको यो तस्बिर सधैं-सधैंभर आशीर्वाद र प्रसाद भइरहनेछ ।
शम्भुजित बाँस्कोटा, संगीतकार

मैले पुज्ने, मेरो संगीत भन्नेबित्तिकै मनमा आउने झट्ट नाम लता दिदीज्यूले समाधि लिनुभएकोले आज मेरो हुने रेकर्डिङ, सुटिङ र गीत रिलिज हुने छैन ।
मन त भन्छ सबैसँग माया मोह राखी राहुँ बाचुन्जेली बाचुन्जेलीलाई ।
राजेशपायल राई ,गायक
सरस्वती वरदान लता दिदी.. बिदाइ ।
अमृत गुरुङ, गायक
‘मेरी आवाज ही पहेचान है’, सरस्वती पूजाकै दिन संगीतकी सरस्वती ब्रह्मलिन हुन भयो…कस्तो संयोग !!! हार्दिक श्रद्धासुमन
सरोज खनाल, अभिनेता
साच्चिँकै सरस्वतीको वरदान, गायिका लता मंगेशकर आज सरस्वती पूजाकै दिन यस संसारबाट उत्कृष्ट कर्म गरेर महाप्रस्थान गर्नुभएको छ… सधै सम्झनामा रहनुहुनेछ हजुर र हजुरको कला ।
स्व. लताज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु !
दीपाश्री निरौला, कलाकार
संसारमा मानिशलाइ झुक्याउने जादूगर धेरै होलान् तर आफ्नो कलाले मन्त्रमुग्ध पार्ने जादूगर कमै छन् !उनै जादूगर मध्य कि एक जादूगर, आवाजको जादूगर, साच्चिकै सरस्वतीको वरदान ,गायीका लता मंगेशकर आज सरस्वती पूजाकै दिन यस संसार बाट उत्कृष्ट कर्म गरेर महा प्रस्थान गर्नु भएको छ … उहॉका गीत र आवाजहरू संग मेरो बाल्यकालका मीठा सम्झनाहरू गॉसिएका छन्………तीनै पलहरू लाइ स्मरण गर्दै
स्व लताज्यू प्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दछू!
दीपकराज गिरी, कलाकार
सरस्वतीकै साक्षात अर्को रुप थियो… आज कै दिन भगवान को प्यारो हुने लेखान्त रहेछ ।
भाषा र भुगोल ले छेक्न नसकेको एउटा सांगीतिक युग को महाप्रस्थान ले स्तब्ध बनायो ।
वैकुण्ठमा बास होस
प्रमोद खरेल, गायक
हार्दिक श्रद्धाञ्जली महान् गायिका लता मंगेशकर, सरस्वती माताको वरदान ।
निशा देशार, गायिका
सरस्वती पूजाकै दिन यस संसार बाट बिदाहुने सौभाग्य पाएकी सरस्वतीपुत्री अभुतपुर्व जादुमयी आवाजकी गायीका लता मंगेशकर ज्यूप्रति हार्दिक श्रद्धाञ्जली !
निर्मल शर्मा, कलाकार
सरस्वती पूजाको विशेष दिन सरस्वतीमाताकी वरदपुत्री, विश्वविख्यात कोकिलकण्ठी श्री लता मङ्गेशकर ब्रम्हलिन भएको खवरले अत्यन्त दुख लागेका छ। शोकाकुल परिवार प्रति हार्दिक समवेदना !! भाबपुर्ण हार्दिक श्रद्धाञ्जली!!
सुरेन्द्रवीर मालाकार, व्यवसायी
सरस्वती पूजाकै दिन छोडेर गइन् …. सरस्वती माताकी वरद पुत्रीले …
अलबिदा लताजी….
संगीतको एक युगको अवशान ….
वैकुण्ठ बास होस् ।
सत्यस्वरुप आचार्य
हार्दिक श्रद्धाञ्जली ।
वसन्त सापकोटा, संगीतकार
आज सरस्वती पूजाको दिन सरस्वतीमाताकी वरदपुत्री, विश्वविख्यात कोकिलकण्ठी श्री लता मङ्गेशकर ब्रम्हलिन भएको खवरले अत्यन्त दुख लागेको छ।
हार्दिक श्रद्धासुमन।
कृष्ण मल्ल, कलाकार
साक्षात् सरस्वतीकै वरदानका रुपमा मानिनु हुने भारतीय प्रख्यात गायिका लता मंगेशकर आज सरस्वती पूजाकै दिन स्वर्गारोहण हुनुभएछ ।
हार्दिक श्रद्धाञ्जली ।
सुनील उलक, संस्कृतिकर्मी

भावपूर्ण श्रद्धाञ्जली लता मंगेशकरज्यू
मानिसको तन मनमा गुन्जिरहने छन ती आवाज अमर बनेर..
कुछ पाकर खोना है ,कुछ खोकर पाना है
जीवनका मतलब तो आना और जाना हे ।
राम कार्की, संगीतकार
अलबिदा लता दिदी । भावपूर्ण श्रद्धाञ्जली ।
‘तुम मुझे युँ भुला ना पाओगे
जब कभी भि सुनोगे गीत मेरे
संग संग तुम भि गुनगुनाओगे’
अनिल स्थापित , संगीतकर्मी
कोकिल कण्ठकी धनी ,बिश्व सांगीतिक साम्राज्य की साम्राज्ञी आदरणिय गायिका लता मंगेशकर ज्यू लाई संगीतै संगीत को फुल का गुच्छा द्वारा हार्दिक हार्दिक श्रद्धांजलि अर्पण गर्दछु ।दिदी को आत्मा ले स्वर्ग मा बास गरोस।
प्रेमराजा महत, गायक
प्रिय लता हार्दिक श्रद्धासुमन !
तिम्रा गीत हाम्रो जीवनका वहार हुन् । तिमी चिरपर्यन्त हाम्रो मनमुटुमा रहनेछौँ । हाम्रा ओंठले तिम्रा गीत गुनगुनाईरहनेछन् !
विनोद चौधरी, उद्यमी
मेरो बाल्यकालदेखि आजसम्म संसारमा सबैभन्दा बढी मनपरेको गायिका लता मंगेशकर दिवंगत हुनुभएको खबरले निकै नै दुखी बनायो । हजुरका असंख्य कालजयी गीतमार्फत हामी सधैंसँगै हुनेछौं ।
हेमन्त शर्मा, गायक
लताजी कति भाग्यमानी,
सरस्वती माताले आफ्नो असली बरदपुत्रीलाई सरस्वती पूजाकै दिन आफ्नु काखमा विलिन गराइन् । महान् भारतीय गायिका लता मंगेशकरको निधनप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
टीका भण्डारी, संगीतकार

प्रतिक्रिया