१५ अंकले नेप्से बढ्दा ५ अर्ब दुई करोडको कारोबार

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन ४० अंकले घटेको नेप्से साताको दोस्रो कारोेबार दिन आज सोमबार भने १५ दशमलव ६९ अंकले बढेर २८ सय ५१ दशमलव ८६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव पाँच अंकले बढेर पाँच सय ३५ दशमलव ३२ अंकमा पुगेको छ ।
दुई सय २४ कम्पनीको ६६ हजार एक सय १३ पटकको कारोबारमा ९५ लाख १२ हजार पाँच सय ८० कित्ता सेयर खरिद विक्ती हुँदा कुल कारोबार रकम पाँच अर्ब दुई करोड २० लाख १७ हजार एक सय ८१ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार हुँदा तीनवटाको सूचक घटेर बाँकी १० समूको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ७८ अंकले घटेर १८ सय १२ दशमलव १२ अंकमा झरेको छ । लघुवित्त र होटेल तथा पर्यटन समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने २६ दशमलव १५ अंकले बढेर पाँच हजार १२ दशमलव १५ अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि ७६ दशमलव पाँच अंकले बढेर १३ हजार एक सय ६५ दशमलव ७६ अंकमा चढेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय २४ दशमलव ९६ अंकले बढेर १५ हजार आठ सय सात दशमलव १२ अंकमा चढेकामा जलविद्युत्, फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ४२ प्रतिशतले बढेर चार सय १२ रुपैयाँ अन्तिम मूल्यमा प्र्रतिकित्ता सेयर कारोबार हुँदा बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने चार दशमलव ५७ प्रतिशतले घटेर ६ सय ६८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रतिकित्ता चार सय १२ रुपैयाँ अन्तिम मूल्यमा ४९ करोड ३४ लाख ४९ हजार आठ सय ३९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया