चप्पल गोदाममा आगलागी, ५ जनाकाे मृत्यु
नेपालखोज
२०७८ माघ २८ गते ८:४०

काठमाडाैं । दाङको तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । चार पुरुष र एक बालिका गरी पाँचजनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
आगलागीमा परि एकजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
सम्बन्धित
प्रतिक्रिया