स्वतन्त्रता !
विष्णुविभु घिमिरे
२०७८ माघ २९ गते ८:५९

हात बाँधेर मलाई कसैले
भरपेट खुवाउँछु भन्छौ भने
खुट्टा बाँदेर मलाई कसैले
आङभरि खातका खात पहिरन
पहिराइ दिन्छौ भन्छौ भने
मुख बन्द गरेर मलाई कसैले
राम्रो घरमा बस्न दिन्छौ भन्यौ भने ?
म तिमीहरसँग
सहमत छैन महोदय !
के एउटा पूर्ण मान्छे भनेको
भरपेट खाना मात्र हो ?
के एउटा सम्पूर्ण मान्छे भनेको
आङभरि कोच्ने पर्याप्त लुगा मात्रै हो ?
के एउटा साँच्चै मान्छे भनेको
एउटा घर मात्रै हो ?
सम्बन्धित
प्रतिक्रिया