आइतबार, वैशाख ७, २०८२

नाक ताछिएको काँठ (फोटो फिचर)

नेपालखोज २०७८ माघ २९ गते १२:३४

काठमाडौं । काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ । बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ । काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो ।

यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरु सुक्न थालेका छन् । काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहास र सभ्यतासँग गाँसिएको छ ।

उपत्यकाको रैथाने वस्ति अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुँदैछ । सम्पन्न शहरको नाममा काठमाडौं उपत्यकाको कान्ला भित्ता ताछिएका छन् ।

अनधिकृत रूपमा इञ्जिनियरिङ अध्ययनविना भइरहेका यस्ता बस्ती विस्तारले पहिरोको जोखिम बढाएको छ ।

प्रतिक्रिया