१०१ अंकले नेप्से घट्दा पाँच अर्ब ९७ करोडको कारोबार

काठमाडौं । नेप्सेमा भीषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से एक सय एक दशमलव २४ अंकले घटेर २७ सय दशमलव ३२ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंकले घटेर पाँच सय ११ दशमलव ६६ अंकमा पुगेको छ ।
दुई सय २७ कम्पनीको ८१ हजार आठ सय ३७ पटकको कारोबारमा एक करोड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसकारण कुल कारोबार रकम पाँच अर्ब ९७ करोड ७२ लाख ७४ हजार सात सय ३१ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार हुँदा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ४२ दशमलव ६६ अंकले घटेर १७ सय ३९ दशमलव ९४ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि दुई सय ६ दशमलव ६६ अंकले घटेर ४६ सय ७८ दशमलव सात अंकमा पुगेको छ ।
जलविद्युत समूहको सूचक एक सय ८४ दशमलव ८८ अंकले घटेर ३१ सय ९५ दशमलव ५२ अंकमा झरेको छ । यस्तै निर्जीवन बिमा समूहको सूचक पाँच सय ५२ दशमलव ५४ अंकले घटेर १२ हजार तीन सय ९३ दशमलव ५४ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ६ सय चार दशमलव ८८ अंकले घटेर १४ हजार आठ सय ६९ दशमलव ५३ अंकमा झरेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज नबिल ब्यालेन्स फन्ड २ को प्रतियुनिट सेयर मूल्य एक दशमलव ९४ प्रतिशतले बढेर नौ रुपैयाँ ४८ पैसामा कारोबार हुँदा अपर तामाकोसी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ३७ प्रतिशतले घटेर ६ सय ४६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज अपर तामाकोसी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता ६ सय ४६ रुपैयाँ अन्तिम मूल्यमा ३२ करोड ८४ लाख आठ हजार नौ सय ४४ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया