‘तपाईंले आफ्नो मनलाई खेलाउनुपर्छ- तपाईंको मनले तपाईंलाई खेलाउनु हुँदैन’

-जब तपाईं यहाँ आफ्नो समय सीमित छ भन्ने कुरा बुझ्नुहुन्छ, तपाईंले बुद्धिमानीपूर्वक जीवन बाँच्नुहुनेछ ।
-यदि तपाईं शंकामा बाँच्नुहुन्छ, अनि अरूले आफ्नो फाइदा उठाउँछन् कि भनेर सोचिरहनु हुन्छ भने, तपाईंले जीवनमा एकदमै सानातिना कामहरू मात्र गर्नुहुनेछ । तसर्थ, भरोसा गर्नु निकै महत्त्वपूर्ण हुन्छ ।
-तपाईं अरूको दाँजोमा उत्तम वा खत्तम बन्नुहुँदैन । तपाईं आफ्नो क्षमताले जति सक्नुहुन्छ, त्यति उत्तम हुनुहोस्- कुरा यत्ति हो ।
-मेरी आमाले मेरो निम्ति यस्तो परिवेश सिर्जना गर्नुभयो, जुनबिना म यो हुने थिइनँ, जुन म छु । मातृत्व जन्म दिने बारेमा होइन, बरु कुनै सर्तबिना समावेश गर्नेबारे हो ।
-जीवनमा सबैभन्दा गहन प्रश्न यही हो : ‘मेरो अस्तित्वको प्रकृति के हो ?’
-मूलत: कर्म भनेको आफ्नो जीवनलाई बाध्यात्मक प्रतिक्रियाबाट सचेतन क्रियातर्फ अघि बढाउनु हो ।
-हरेक मानिसको निम्ति यो यस्तो समय हो कि तपाईं आफूलाई उच्चतम् सम्भावनामा पुऱ्याउनुहोस् । योग्यता, विचार, भावना, खुसी, शान्ति र जीवनको अनुभवको स्तरमा आफूलाई उन्नत बनाउनुहोस् ।
-यदि अरू कसैले तपाईं खुसी हुने वा निराश भन्ने कुरा तय गर्न सक्छन् भने, के यो सबैभन्दा खराब दासत्व होइन ?
-तपाईंले आफ्नो मनलाई खेलाउनुपर्छ- तपाईंको मनले तपाईंलाई खेलाउनु हुँदैन ।
-जब तपाईं आफ्ना विचार र भावनाबाट टाढा रहनुहुन्छ, तपाईं प्रबुद्ध व्यक्तिहरूको कृपाको पात्र बन्न सक्नुहुन्छ ।
प्रतिक्रिया