३९ अंकले नेप्से घट्दा चार अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से घटेको छ । नेप्से आज ३९ दशमलव चार अंकले घटेर २६ सय ९३ दशमलव १० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९९ अंकले घटेर पाँँच सय १३ दशमलव ६४ अंकमा पुगेको छ । दुई सय ३० कम्पनीको ५७ हजार चारपटकको कारोबारमा ७१ लाख २२ हजार दुई सय ९९ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब आठ करोड ६४ लाख ७४ हजार आठ सय २८ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा आज अन्य समूहको सूचक नौ दशमलव ७३ अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २५ दशमलव ७५ अंकले घटेर १७ सय २० दशमलव १८ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ९१ दशमलव १५ अंकले घटेर ४६ सय २२ दशमलव ३२ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक ३१ दशमलव ८६ अंकले घटेर ३२ सय ३६ दशमलव ९७ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ८० दशमलव ७५ अंकले घटेर १२ हजार एक सय ७० दशमलव २२ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक तीन सय ६७ दशमलव ११ अंकले घटेर १४ हजार सात सय सात दशमलव ९८ अंकमा झरेको छ । यसैगरी फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय ५९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ७४ प्रतिशतले घटेर पाँच सय २१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता पाँच हजार एक सय ३३ रुपैयाँ अन्तिम मूल्यमा ५८ करोड दुई लाख २३ हजार चार सय ५० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया