हामीले खाने फलफूल र तरकारी कति विषाक्त ?

फलफूल तथा तरकारीहरुलाई लेउ,झ्याउ, ढुसी, किरा, जंगली घाँस र किटाणुहरुको संक्रमणबाट बचाउन यसमा कीटनाषक औषधिहरू छर्केने गरिन्छ । यी विषादिहरू शरीरभित्रगई मुटु, कलेजो, फोक्सो, मिर्गौला, आन्द्राभुँडीजस्ता कोमल अड्डहरू ड्यामेज गर्ने कारक तत्त्व बन्दछन् । यसरी हालिएका विषादीहरुलाई ठिकसँग निस्तेज गर्न नसक्दा ज्यान सम्म जानेगरेको घटना यदाकदा सुन्ने गरेका छौं ।
आधुनिक कृषिको अभ्याससँगै फलफूल तथा तरकारीमा विषादी हाल्ने चलन हवात्त बढेको हो । यसै गरि तरकारी तथा फलफूहरुलाई चाडै पकाउन र आकर्षक देखाउन पनि विभिन्न किसिमका रासायनिक पदार्थहरु पनि हाल्ने गरिन्छ । यसरी अन्धधुन्द हालिएका विषादिहरूका कारणले आज हरकोहि ब्याक्ति यसको शिकार बन्दै गईरहेका छन् । फलतः आज मानव स्वास्थ्य झन विकराल बन्दै छ । यस परिपेक्षमा तपाई हामी सबै सचेत हुन आवश्यक छ । फलफूल तथा तरकारीमा हालिएको विषलाई निस्तेज नगर्ने हो भने यसले हाम्रो स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ । विषादिका कारणले उत्पन्न हुने गम्भिर स्वास्थ्य समस्याबाट बच्न निम्नलिखित विधिहरूद्वारा फलफूल तथा तरकारीलाई विषमुक्त पार्न सकिन्छ ।
उपाय नं. – १ सिधेनुन (Rock Salt) र पानीको घोलमा डुबाउने
विषादि हालिएको फलफूल तथा तरकारीलाई सिधेनुन र पानीको घोलमा २०-२५ मिनेट डुबाउँदा ९७ प्रतिशत विषादीलाई निस्तेज पार्न सकिन्छ । सिधेनुनलाई पाहाडि नुन वा भोटेनुन पनि भनिन्छ । यो नुन खानीबाट निकाल्ने गरिन्छ । सिधेनुन द्वारा फलफूल तथा तरकारी लाई विषमुक्तगर्नका लागि एयटा ठूलो भाडाँमा तरकारी डूब्ने गरि पानी लिएर पानीको २प्रतिशत सिधेनुन हाली घोल्नु पर्दछ । अब यो घोलमा विषादी हटाउनु पर्ने फलफूल तथा तरकारी हाली २०-२५ मिनेट जति छोडी दिनुहोस् । सिधेनुनले विस्तारै विषादिलाई निस्तेज पारिदिन्छ । २५ मिनेट पछि फलफूल तथा तरकारीलाई निकालेर धाराको पानीले मजाले धुनुहोस् । यसरी धोएको फलफूल तरकारी ९७प्रतिशत विषादी एवं किटनासक रहित हुन्छ । सिधेनुन नभए साधारण नुन-पानीमा पनि डुबाउन सकिन्छ ।
उपाय नं.- २ साधारण नुन (Common Salt) र पानीको घोलमा डुबाउने
समुन्द्रबाट निकालिएको नुनलाई साधारण नुन भनिन्छ । यो नुन हाम्रो भान्सामा प्रयोग गरिने नुन हो । नुन द्वारा फलपूmल तथा तरकारी लाई विषमुक्तगर्न उपाय नं.-१ मा जस्तै एयटा ठूलो भाडाँमा तरकारी डूबाउन सक्ने जति २प्रतिशत नुन हाली घोल्न बनाउनुहोस । अब यो घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा तरकारीलाई २०-२५ मिनेट डूबायर छोडी दिनुहोस् । २५ मिनेट पछि फलफूल तथा तरकारीलाई निकालेर धाराको पानीले मजाले धुनुहोस् ।
उपाय नं.- ३ खाने सोडाको (Baking Soda) घोलमा डुबाउने
एउटा ठुलो भाडामा साग सब्जी र फलफूल डुबाउन मिल्ने जति पानी हालेर त्यसमा २५ खाने सोडा (वेकिड्ड पाउडर/ सोडियम वाईकार्बोनेट) हाल्नुहोस् । अब यस घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा तरकारी हालेर त्यसलाई २०–३० मिनेटका लागि छाडी दिनुहोस् । खाने सोडाको घोलले फलफूल तथा तरकारीमा भएको विषलाई निस्तेज गरिदिन्छ । यस पछि पुनः धाराको पानीले मजाले धुनुहोस् र प्रयोगमा ल्यानुहोस् ।
उपाय – ४ अमिलो वा भिनेगरको प्रयोग
एक गिलास पानीमा आधाकप ह्वाईट भिनेगर वा अमिलो मिलाएर बनाएको घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा सब्जीलाई एक/एक गरि डूबाइ यसै मिश्रणले मिचिमिचि धोयर १० मिनेट त्यतिकै छोडी दिनुहोस् । १० मिनेटपछि धाराको पानीले सफा संग धोएर प्रयोगमा ल्याउनुहोस् ।
उपाय – ५ बेसार र तातो पानीको प्रयोग
एक लिटर तातो पानीमा ५–६ चम्चा शुद्ध बेसार हालेर त्यसमा केहीबेर फलफूल तथा तरकारीलाई डुबाई राख्ने र केही समय पछि सोही बेसार पानीले मिचिमिचि धुने । तत पश्चातः पुन धाराको पानीले धुनुहोस् । यसो गर्दा तरकारी विषमुक्त हुन्छ ।
उपाय – ६ तातो पानीको प्रयोग
तातो पानीमा फलफूल तथा तरकारीलाई धुदा फलफूल चम्काउन प्रयोग गरिने मैनको पत्र (Wac Coat) हटाउन र केही विषादीहरु छुटाउन सकिन्छ ।
उपाय – ७ बोक्रा निकालेर खाने गरौ
यसो त फलफूल तथा तरकारीको बोक्रा हाम्रो शरीरको लागि अत्यन्त पौष्टिक तथा स्वस्थकर हो तर आजकल फलफूल तथा तरकारीमा भरमार विषादी एवं कीटनाषक हालिएको हुनाले बोक्रा छिलेर खादा ९०प्रतिशत विषको प्रभावबाट बच्न सकिन्छ ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया