बिहीबार, वैशाख ११, २०८२

तीन अंकले नेप्से घट्दा दुई अर्ब ४९ करोडको कारोबार

नेपालखोज २०७८ फागुन २२ गते १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से घटेको छ । नेप्से आज तीन दशमलव ६६ अंकले घटेर २५ सय ४३ दशमलव ३९ अंंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ३१ अंकले बढेर चार सय ९० दशमलव १३ अंकमा चढेको छ । दुई सय ३० वटा कम्पनीको ४५ हजार ६ सय २२ पटकको कारोबारमा ५१ लाख ३९ हजार दुई सय ३९ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार दुई सय ७३ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा आज चार समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव २८ अंकले बढेर १६ सय ५४ दशमलव ८९ अंकमा चढेकामा विकास बैंक, होटेल तथा पर्यटन र अन्य समूहको सूचक पनि बढेका छन् । जलविद्युत् समूहको सूचक भने आज २२ दशमलव एक अंकले घटेर तीन हजार ८२ दशमलव ३७ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि २२ दशमलव ६ अंकले घटेर ११ हजार तीन सय ३३ दशमलव ८३ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय ६६ दशमलव नौ अंकले घटेर १३ हजार दुई सय पाँच अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज मैलुङ खोला जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ८० प्रतिशतले बढेर ६ सय ६३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आईसीएफसी फाइनान्सको संस्थापक सेयरको मूल्य भने २४ दशमलव ८५ प्रतिशतले घटेर दुई सय ८० रुपैयाँ ३० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता एक हजार ८५ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड २२ लाख ८२ हजार २२ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया