एक दशमलव ५५ अंकले नेप्से बढ्दा दुई अर्ब ६० करोडको करोबार

काठमाडौं । नेप्सेमा सामान्य अंकले करेक्सन देखिएको छ । अघिल्लो दिन तीन दशमलव ६६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने एक दशमलव ५५ अंकले बढेर २५ सय ४४ दशमलव ९४ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंकले बढेर चार सय ९२ दशमलव ५३ अंकमा पुगेको छ । दुई सय ३० कम्पनीको ४० हजार एक सय ३० पटकको कारोबारमा ५३ लाख १५ हजार दुई सय ९२ कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ६० करोड नौ लाख ३० हजार चार सय तीन रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा पाँचवटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वााणिज्य बैंक समूहको सूचक पाँच दशमलव ३६ अंकले बढेर १६ सय ६० दशमलव २३ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक नौ दशमलव ८८ अंकले अंकले बढेर ११ हजार तीन सय ४८ दशमलव १६ अंकमा पुगेको छ । होटेल तथा पर्यटन, उत्पादनमूलक र अन्य समूहको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने २१ दशमलव ४१ अंकले घटेर ४३ सय ४० दशमलव ३६ अंकमा पुग्दा जलविद्युत् समूहको सूचक पनि ३२ दशमलव १२ अंकले घटेर तीन हजार ५० दशमलव ३८ अंकमा पुगेको छ ।
जीवन बिमा समूहको सूचक पनि एक सय ५४ दशमलव ८४ अंकले घटेर १३ हजार ५३ दशमलव नौ अंकमा पुग्दा फाइनान्स, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८९ प्रतिशतले बढेर सात सय तीन रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ९० प्रतिशतले घटेर चार सय १८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता ११ सय सात रुपैयाँ अन्तिम मूल्यमा २७ करोड ६९ लाख ३२ हजार आठ सय ६३ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया