बुधबार, वैशाख १०, २०८२

‘चिन्ताले कहिल्यै छोड्ने छैन… जबसम्म मन दैवी सम्पत्तिले भरिँदैन’

एलपी भानु शर्मा २०७८ चैत ४ गते १०:०७

-अनियन्त्रित इच्छाहरुको अन्धो यात्रा…आसुरी व्यक्ति आफ्ना अनियन्त्रित इच्छाहरूबाट सञ्चालित हुन्छ ।

-‪बाहिर संसारमा पदार्थ र क्षणभंगुरसँग खेल्दै गर्दा भित्री मनमा भने चैतन्य र शाश्वत-सनातनको निरन्तर याद चलिरहेको छ भने… जय हुनेछ ! अन्यथा… पराजय मात्र पो हो कि ??

-धर्मको अर्थ हो स्वभाव या शाश्वत नियम । वैज्ञानिकले पदार्थको धर्म खोज्छ, धर्मले चेतनाको विज्ञान खोज्छ । फरक यति हो- धर्मले भित्री सत्य खोज्छ, विज्ञानले बाहिरी तथ्य ! दुवै मिलेर बल्ल ज्ञान पूरा हुन्छ ।

-असीमित र मृत्युपर्यन्त पनि पूरा नहुने इच्छाको बाढीमा डुबेर मर्ने व्यक्ति ईश्वरबाट सदैव टाढा रहन्छ ।

-‪पहिले दुख आउँछ ।
अनि सुख आउँछ ।
अनि दु:ख ।
यो आउने-जाने क्रम निरन्तर चलिरहन्छ ।
यी दुवैमा नअड्किने, नरोकिने ।
सजग भइरहने ।
तब बिस्तारै खुसी आउँछ अनि जाँदैन ।
यो अमृततत्व हो ।

-परिस्थिति मेरो अनुकूल भयो भनेर खुसी हुने होइन, असली खुसीका लागि त मनस्थिति पो अनुकूल बनाउनुपर्छ ।

-चिन्ताले कहिल्यै छोड्ने छैन… जबसम्म मन दैवी सम्पत्तिले भरिँदैन !
आसुरी सम्पत्तियुक्त व्यक्तिहरू प्रलयसम्म पुग्ने चिन्ताले घेरिएका हुन्छन् ।

-भविष्य देख्ने निरर्थक प्रयासभन्दा वर्तमानलाई देख्ने र महसुस गर्ने अभ्यास गरौं ।

-परको या कल्पनाको ईश्वरलाई भेट्ने असम्भव प्रयासभन्दा सबैभन्दा नजिकको आफैंलाई चिन्ने अभ्यास गरौं ।

-वर्तमान क्षणले आफैं जीवनलाई सहज र सम्पन्न बनाउनेछ ।

प्रतिक्रिया