आइतबार, वैशाख ७, २०८२

सामसुङको नयाँ मोबाइल ग्यालेक्सी ए ५३

नेपालखोज २०७८ चैत ८ गते १३:४३

काठमाडौं । सामसुङले आफ्नो नयाँ स्मार्टफोन Galaxy A53 5G लाई ग्लोबल मार्केटमा लन्च गरेको छ । यो फोन नेपाल आइपुग्न बाँकी नै छ । यो फोन चाँडै दक्षिण एसियाली बजारलाई टार्गेट गर्दै भारतमा लन्च हुने बताइएको छ ।

सामसुङ ग्यालेक्सी ए ५३ एउटा फाइभजी फोन हो जसको हाल दुई कन्फिगरेसन उपलब्ध हुनेछ । पहिलो ६ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज तथा दोस्रो ८ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज । यो फोन चार कलर भेरियन्ट-ह्‌वाइट, ब्ल्याक, ब्ल्यू तथा ओरेन्जमा तयार पारिएको छ ।

सामसुङ ग्यालेक्सी ए ५३ क‍ो अन्तर्राष्ट्रिय बजार मूल्य ५० हजारदेखि ६५ हजारको बीचमा भएको बताइन्छ ।

स्पेसिफिकेसन
सामसुङ ग्यालेक्सी ए ५३ फाइभ जीमा फुल-एचडी प्लस रिजोल्युसनयुक्त ६.५ इन्चको सुपर एमोलेड प्यानल तथा १२० हर्ट्ज रिफ्रेस रेट उपलब्ध हुनेछ । यसको स्क्रिनमा ४०७ पीपीआई पिक्सल डेनसिटी, ८०० निट्स अफ पिक ब्राइटनेस तथा गोरिल्ला ग्लास ५ प्रोटेक्सन पनि रहनेछ ।

क्यामेरा
यो फोनको पछाडि ६४ मेपी ओआइएस प्लस १२ मेपी अल्ट्रा-वाइड प्लस ५ मेपी डेप्थ प्लस ५ मेपी माइक्रो क्वाड-क्यामेरा जडान गरिएको छ । यो फोनले अगाडिबाट ३२ मेपीको सेल्फी लिन सक्छ । यो स्मार्टफोनको स्टोरेज २५६ जिबीसम्म बढाउन मिल्छ । ५००० एमएएचको यसको ब्याट्रीले २५ वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्छ । यो फोन एड्रोइड ११ ओएसमा आधारित छ ।

प्रतिक्रिया