बुधबार, वैशाख १०, २०८२

‘जे हुन सकेन त्यसका लागि आफूलाई नसराप’

एलपी भानु शर्मा २०७८ चैत १४ गते ८:४३

-भइन्जेल रहने यस बबुरो विचारमुखी मन
भत्कँदा आफैं हुन थाल्यो चिरन्तन कीर्तन ।

-देखिनेलाई निषेध गर
नदेखिनेलाई स्वागत गर
जे छ त्यसलाई मनबाटै छोड
जे छैन त्यसलाई आफूमा जोड
अनुभवमा आउनेलाई त्याग
अनुभवमा नआउनेप्रति जाग
एकमा अर्को एकलाई जोड
शून्य आए नाच, नत्र बाटो मोड ।

-दु:खबाट मुक्त हुन चाहेर मात्र हुँदैन, दु:खलाई हामीले कहाँ लुकाएका छौं त्यो पनि थाहा पाउनुपर्छ ।
दुख लुकेर बस्ने ठाउँलाई चिनौं…।

-मनुष्ययोनि कर्मयोनि हो । हामी जीनमभर कर्म गर्छौं । यी कर्महरूले दुईवटा लक्ष्यलाई भेदन गर्नुपर्छ ।

-समृद्धिका लागि लक्ष्मीका आठवटा अलग-अलग आयामलाई आफ्नो जीवनमा उतार्न सिक्नुपर्छ ।

-भविष्य यति महत्त्वपूर्ण छ कि यसको चिन्तन गर्ने, सुन्दर बनाउने सूत्र पत्ता लगाउने र यसको निर्माण गर्ने कार्य आजै प्रारम्भ गर्नुपर्छ !

-सनातन परिभाषा:
अरूमा मात्र समस्या देख्ने – असुर
अरूमा आफ्नै जस्तो स्थिति देख्न सक्ने – मानिस
अरूमा असलपन र सज्जनभाव देख्न सक्ने व्यक्ति – देवता
अरूमा र सर्वमा सहज रूपमा ईश्वर देख्ने व्यक्ति – आध्यात्मिक ।

-मनुष्यले जीवनलाई हेर्ने र जीवन जिउने नया ज्ञान, नया सोच, नया तरिका र नया विधि खोजेको छ –
कर्म र ज्ञानको योग !
प्रगति र प्रसन्नताको योग !
अध्यात्म र विज्ञानको योग !

-जे हुन सकेन त्यसका लागि आफूलाई नसराप । बरू जे गर्ने विचार छ त्यसका लागि आफैंलाई उत्प्रेरित गर र तयार बनाऊ !

प्रतिक्रिया