बिहीबार, वैशाख ११, २०८२

नेप्से २९ अंकले घट्दा दुई अर्ब ५४ करोड रुपैयाँँको सेयर किनबेच

नेपालखोज २०७८ चैत १४ गते १७:०१

काठमाडौं । नेप्सेको उच्च गिरावटले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४१ दशमलव ४३ अंकले घटेको नेप्से आज पनि २९ दशमलव ९८ अंकले घटेर २५ सय ४२ दशमलव २८ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव दुई अंकले घटेर चार सय ७४ दशमलव ३७ अंकमा पुुगेको छ । नेप्सेमा आज दुई सय ३१ वटा कम्पनीहरुको ४२ हजार सात सय १२ पटकको कारोबारमा ३९ लाख ५८ हजार नौ सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुुल कारोबार रकम दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार आठ सय १४ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोबार भएकोमा आज १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ६३ अंकले घटेर १६ सय ५० दशमलव ५५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ७५ दशमलव नौं अंकले घटेर ४३ सय ७० दशमलव ८६ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि २४ दशमलव तीन अंकले घटेर २९ सय ६९ दशमलव २२ अंकमा झरेकोमा निर्जिवन बिमा समुहको सुचक पनि दुई सय ५२ दशमलव ४९ अंकले घटेर १२ हजार एक सय ६८ दशमलव ८४ अंकमा झरेको छ । जीवन बिमा समुहको सुचक पनि तीन सय ४२ दशमलव छ अंकले घटेर १४ हजार चार सय ६३ दशमलव ७४ अंकमा झरेकोमा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर नौ सय ९१ रुपैयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा आईसीएफसी फाइनान्सको प्र्रतिकित्ता सेयर मुल्य चार दशमलव ८२ प्रतिशतले घटेर छ सय २६ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज जिवन बिकास लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता तीन हजार तीन सय ६८ रुपैयाँ अन्तिम मुल्यमा २२ करोड २४ लाख ७० हजार तीन सय ६७ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया