‘नेपालमा साइन्स एन्ड टेक्नोलोजीले ठूलो फड्को मारेको छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा साइन्स एन्ड टेक्नोलोजीले ठूलो फड्को मारेको बताएका छन् । आदिम नेशनल कलेजले आयोजना गरेको आदिम साईन्स एन्ड आईटी एक्जिबिसन कम फुड फेस्टिबल अवलोकनका क्रममा उनले नेपालका हरेक शैक्षिक संस्थाहरुले पाठ्यक्रम पठनपाठनका साथै व्यवहारिक ज्ञानमा समेत जोड दिन सकेको खण्डमा यो विषयले मुलुक परिवर्तन गर्न सक्ने बताएका छन् ।
आदिम कलेजमा अध्ययनरत कक्षा ११ र १२ का ७० जना विद्यार्थीहले आविष्कार गरेका डोन टेक्नोलोजी, स्मार्ट सिटी, ब्लुतुथ प्रविधि, स्मार्ट डस्टबिन, अटोमेटिक सडक बत्ती, पुलिस लाइट तथा साइरन लगायका आधुनिक आविष्कार अवलोकन गर्दै उनले यो तहका विद्यार्थीले यस्ता अद्भुत आविष्कार सृजना गर्न सक्नु भनेको विद्यालय तथा क्याम्पसको अतिरिक्त सिकाइ र अभ्यास नै प्रमुख भएको बताए ।
साथै उनले यस्ता दक्ष र सृजनशिल जनशक्ति उत्पादन गर्नु हामी सबैको दायित्व भएको र यिनीहरुको कला प्रष्फुटनका लागी यस्ता प्रर्दशनी सहयोगी हुने धारणा पनि व्यक्त गरे । वैज्ञानिक आविष्कारले फड्को मार्दै गरेको आजको दुनियामा यसको चमत्कारलाई नकार्न नसकिने बताउँदै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले आजका युवा भोलिका देश निर्माणका खम्बा भएकाले यिनलाई आजैदेखी बलियो बनाउन जरुरी रहेको बताए ।
अहिलेको स्कुल कलेजको सिकाइ जुन गति र तरिकाले अगाडी बढ्दैछ त्यसमा परिवर्तन ल्याउन आवश्यक भएकाले व्यवहारिक ज्ञानलाई प्रस्तुत गर्ने उपयुक्त माध्ययम बन्न सक्ने यस किसिमका कार्यक्रमले विद्यार्थीमा उर्जा र उत्साह बढाउने कुरा पनि पुनले व्यक्त गरे ।
प्रतिक्रिया