ती मारिन्छन्
सुनील सापकोटा
२०७८ चैत २६ गते ८:२३

जो सत्य बोल्छन्
आजको समयमा ती मारिन्छन्
यस पागलपनमा जो उत्रिन्छन्
ती जेल चलान हुन्छन् या मारिन्छन्
गुन्डाहरुको अन्याय र अत्याचार सहेर बस्नुहोस्
कानुनको ढोका चाहर्नु भो भने मारिनुहुन्छ
नेताहरुले जे गर्छन् मौन दर्शक बन्नुहोस्
विरोध या विद्रोह न गर्नुहोस् मारिनु हुन्छ
मन्दिर मस्जिद गिर्जाघर जान त जानुहोस्
पाखण्डको विरोध न गर्नुहोस् मारिनु हुन्छ
राष्ट्रवादको अध्ययन मात्र गर्नुहोस्
सच्चा राष्ट्रवादी हुनु भए मारिनुहुन्छ
जे गरेर होस् जसरी होस् पैसा कमाउनु होस्
सत्य र नैतिकताको बाटोमा हिँड्नु भो भने
आजको समयमा मारिनुहुन्छ ।
सम्बन्धित
प्रतिक्रिया