माया र दशा
प्रतिमा श्रेष्ठ
२०७८ चैत २६ गते ९:०९

कोही आएर भरिने हैन जिन्दगी
न कोही गएर रित्तिने हो जिन्दगी
जबसम्म मभित्र म हुन्छु
तबैसम्म हुने जिन्दगी
नयाँ कुरा त केही भनिनँ मैले
चलेसम्म सास जिन्दगी आज र अहिले
तर मज्जा आउँथ्यो होला जिन्दगी
कोहीबिना बाँच्नै नसके
म तिमीबिना बाँच्नै सक्दिनँ
किन चाहियो र त्यस्तो माया
बाँच्नै नसक्ने माया दिन सक्नु पनि चमत्कार हो
कोही बिना म पनि बाँच्नै नसकु न
के फरक पर्छ र एक पटक त्यो चमत्कार हुँदा
किनकि सायद माया ! माया नै हुन्छ
जबसम्म मायामा माया हुन्छ ! माया नै हुन्छ
तर जब माया दया बन्छ
तब माया दशा बन्छ
हे प्रभु मलाई दशाबाट जोगाऊ !
सम्बन्धित
प्रतिक्रिया