सबैभन्दा बढी अर्बपति बस्ने सहर

काठमाडौं । संसारमा अर्बपतिहरुको संख्या बढिरहेको छ । विश्वभरका शीर्ष अर्बपतिमध्ये ६०० भन्दा बढि संसारका दशवटा सहरमा बसोबास गर्छन् । यसमा एउटै देशका तीनवटा सहर पनि छन । हेरौं कहाँ कति अर्बपति छन् ?
१. न्युयोर्क, अमेरिका
न्युयोर्कमा १०६ जना अर्बपति छन् जसको कुल नेटवर्थ ६३८.४ अर्ब डलर छ ।
२. बेइजिङ, चीन
चीनको राजधानी बेइजिङमा ८३ जना अर्बपति बस्छन् । उनीहरुको कुल नेटवर्थ ३१० अर्ब डलर हुन्छ ।
३. हङकङ, चीन
चीनको स्वायत्तशासी क्षेत्र हङकङमा अर्बपतिको संख्या ६७ छ भने उनिहरुको कुल नेटवर्थ ३००.७ अर्ब डलर पुग्छ ।
४. लन्डन, बेलायत
बेलायतको राजधानीमा ६५ जना अर्बपति छन् । जसको कुल नेटवर्थ ३२३ अर्ब डलर हुन आउँछ ।
५. सांघाई, चीन
अर्बपतिहरु बस्ने चीनको अर्को सहर हो – शघाई । यहाँ ६१ जना अर्बपति छन भने उनिहरुको कुल नेटवर्थ १८७ अर्ब डलर छ ।
६. सेन्जेन, चीन
चीनको यो सहरमा अर्बपतिको संख्या ५९ छ । तिनको कुल नेटवर्थ २८६.६ अर्ब डलर हुन्छ ।
७. मस्को, रूस
मस्कोमा ५२ जना अर्बपति छन । ती सबैको सम्पत्ति जोडदा २१७.५ अर्ब डलर हुन आउँछ ।
८. मुम्बई, भारत
मुम्बईमा अर्बपतिको संख्या ५१ छ । उनीहरुको कुल नेटवर्थ ३०३.३ अर्ब डलर छ ।
९. सान फ्रान्सिस्को, क्यालिफोर्निया, अमेरिका
यहाँ ४५ जना अर्बपति बसोबास गर्छन् । जसको कुल नेटवर्थ १६२.३ अर्ब डलर छ ।
१०. सियोल, दक्षिण कोरिया
सियोलमा अर्बपतिको संख्या ३८ छ । जसको कुल नेटवर्थ १०८.३ अर्ब अमेरिकी डलर छ ।
प्रतिक्रिया