माया
युवराज गौतम
२०७९ वैशाख ३ गते ७:१९

नदेखेनि नभेटेनि दिलभित्र बस्छ्यौ
कतै टाढा नजाउ भन्दै मुटुभित्र राख्छ्यौ।
माया भन्या यही हो कि सोध्न सकिएन
कति माया गरेकी छ्यौ हिसाब राखिएन।
लिनुदिनु केही छैन, स्वार्थ छैन केही
जे छ त्यसमै सन्तोष छ ईर्ष्या छैन कुनै
मागेको नि छैन तिम्ले न त दिएँ मैले
यस्तो माया गज्जब रैछ भेट नहोस् कहिले ।
तस्बिरमा मुस्काउनु त्यति भए पुग्छ
मिलनको आशा छैन बाँचिरहे हुन्छ
स्पर्श र आलिङगन दुई दिनको खेल
निस्कपट निष्पाप माया रैछ अनमोल ।
जहाँ जाऊ, रमाउ तिमी खुसी भए पुग्छ
यो मनले हरपल तिम्रो माया खोज्छ।
माथिमाथि बादलमा हिमाल तराईमा
कुनै क्षण यस्तो छैन तिम्रो याद विना ।
सम्बन्धित
प्रतिक्रिया