बुधबार, वैशाख १०, २०८२

हनुमानको सम्झना !

सुनील सापकोटा २०७९ वैशाख ५ गते ७:२१

अस्ति (वैशाख ३ गते) हनुमान जयन्ती थियो । हनुमानका बारेमा लेख्ने कुराहरु धेरै छन् । सबैलाई थाहा भएकै विषय होला हनुमानजीको वर्षमा दुईपटक जन्मदिन मनाउने चलन छ । एउटा कात्तिकको कृष्ण पक्षमा र अर्को चैतको पूर्णिमाका दिन । किन दुईपटक उहाँको जन्म दिन मनाइन्छ भन्ने विषयमा म जान्न । लामो हुन्छ । त्यसैले छोटोमा लेख्छु । उहाँको छोटो परिचय यसप्रकार देखिन्छ ।

प्रमुख चर्चित नाम : हनुमान/महावीर (अरु पनि थुप्रै नाम छन्)
लिंग : पुरुष
गण : वानर
पिता : केसरी
संरक्षक पिता : वायु
माता : अन्जना
स्वामी/मालिक : श्रीराम
कार्य स्थान : अयोध्या
विशेषता : अष्ट चिरञ्जीवीमध्ये एक, अपार बल र पुच्छर
गुरु : सूर्य
शिक्षा : वेद, वेदाङ्ग, शास्त्रहरूको ज्ञानी, संगीत कला र गायन क्षेत्रमा निपूर्ण तथा मल्लयुद्धको ज्ञाता
अस्त्र : गदा
योग्यता : विभिन्न युद्धहरु लडेको
मेरिटल स्ट्याटस : ब्रह्‌मचारी मानिने तर विवाह भएको
पत्नीको नाम : सुवर्चला
पुत्रको नाम : मकरध्वज, तर मकरध्वजको आमाचाहिँ मच्छ कन्या थिइन् ।

हिन्दू धर्मावलम्बीका अनुसार उहाँलाई सम्झिदा दिन शुभ हुन्छ । उहाँको अर्को नाम संकटमोचन पनि हो । हिजोआज सम्पूर्ण विश्वनै कतै कोरोना भाइरस त कतै रसिया-युक्रेनबीच युद्धको चपेटमा परेको बेला र हाम्रै देश नेपाल पनि आर्थिक संकटमा पुगेर हालत खराब भएको बेला यो घोर संकटको घडीमा हिन्दूहरुले संकट निवारण लागि हनुमालाई सम्झिदा राम्रै होला । यो हिन्दूहरुको आस्थाको कुरा हो। सुखी र खुसी रहने हो भने हरेक कुरामा वैज्ञानिक प्रमाण खोज्नु हुँदैन । भावना पनि एक हो । हिन्दीमा एउटा भनाइ छ ‘कुछ मान के चलो, कुछ जान के चलो ।’

अत्यमा, हामी नेपालीलाई हनुमानजीले रक्षा गरुन् र हाम्रो देशको आर्थिक संकटलाई पार लगाउन जय होस्।

प्रतिक्रिया