सुबिसुको एक सय जी अप्टिकल नेटवर्क विस्तार
नेपालखोज
२०७६ फागुन २२ गते १३:३१
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले एक सय जी अप्टिकल नेटवर्क बिस्तार गरेको छ । कम्पनीले नोकियासंग सहकार्य गरीे नेटवर्क विस्तार गरेको हो । समयको माग र ग्राहकहरुलाई उच्चतम सेवा प्रदान गर्नका निमित्त सुबिसुले आफ्नो सेवा १०० जि मा बिस्तार गरेको कम्पनीले जनाएको छ ।
अब, उपभोक्ताले एक जीबिपिएस सम्म विस्तार गर्न सक्नेछन् । साथै हाई स्पीड इन्टरनेट र हाई डेफिनेशन इन्टरनेट प्रोटोकल टेलिभिजनको सेवा पनि लिन सक्ने सुबिसुले जनाएको छ ।
देशको ११ वटा स्थानमा मानोकियाको अठार सय फोटोनिक सर्विस पीपीएस र डीडब्लुडीएम राखिएको कम्पनीले जनाएको छ ।
सुबिसु कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले एक सय जी नेटवर्कको थालनीसँगै कम्पनीले ग्राहकहरुलाई नबिन्तम, उच्चस्तरीय तथा गुणस्तरीय सेवा प्रदान गर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया