आइतबार, वैशाख ७, २०८२

सामसुङ A73, A53 र A33 ब्रान्डका माेबाइल सार्वजनिक

नेपालखोज २०७९ वैशाख ९ गते १४:२६

काठमाडौं । सामसुङ कम्पनीले नयाँ ब्रान्डका मोबाइल बजारमा ल्याएको छ । सामसुङ कम्पनीले शुक्रबार ए ७३ फाइभ जी , ए ५३ फाइभी जी र ए ३३ फाइभी जी ब्रान्डका मोबाइल सार्वजनिक गरेको छ । यी ब्रान्डका मोवाइलमा भर्साटाइल क्यामेरा सिस्टम, टिकाउ ब्याट्री, सिमलेस कनेक्टीभिटी, विश्वसनिय प्राइवेसीलगायत विबेषता छन् । सामुसुङ कम्पनीले ‘सबैका लागि उत्कृष्ट छ’ नाराका साथ आफ्ना उत्पादनहरू नेपालको बजारमा पनि ल्याएको हो ।
सामसुङ ग्यालेक्सी ए ७३
दक्षिण कोरियाली कम्पनीले नेपालमा शुक्रबार लन्च गरेको पछिल्लो प्रिमियम मिड रेन्ज स्मार्टफोन हो । यो गत वर्षको A72 को उत्तराधिकारी हो । यसले 108MP क्यामेरा सेटअप ल्याउँछ ।
सामसुङ ग्यालेक्सी ए ७३ ले आफ्नो पूर्ववर्तीभन्दा केही महत्वपूर्ण कार्यसम्पादन अपग्रेड ल्याउँछ । फोनको बेस भेरियन्टमा ६ जीबी र्‍याम १२८ जीबी स्टोरेज छ । यद्यपि, त्यहाँ 8/256GB मेमोरी भेरियन्ट पनि छ । यसको मूल्य ७२ हजार ९९९ रुपैयाँ छ ।
सामसुङ ग्यालेक्सी ए ५३
कम्पनीले Galaxy A53 स्मार्टफोन पनि शुक्रबार सार्वजनिक गरेको छ । डिजाइन ग्यालेक्सी ए ५२ र विगतका अन्य मिडरेन्ज ए सिरिजका फोनहरूमा देखेको जस्तै छ । पछाडिको प्यानल समतल छ । यद्यपि किनाराहरूमा थोरै वक्र छ । त्यस्तै गरी, आयताकार क्यामेराको बम्पमा अब एक चिल्लो वक्र छ । यो पछाडिको प्यानलबाट थोरै उठ्छ । यसको बजार मूल्य ५५ हजार ९ सय ९९ रुपैयाँ छ ।
सामसुङ ग्यालेक्सी ए ३३
यसको ब्याट्री क्षमता पाँच हजार एमएएच छ । यसको मूल्य ४६ हजार ९९९ छ ।

प्रतिक्रिया