सोमबार, वैशाख ८, २०८२

‘एनटीआरलाई बाघले झम्टिँदा आफूलाई नै झम्टिएझैं लाग्छ’

पार्वती भण्डारी २०७९ वैशाख १३ गते ११:११

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम भएसँगै नेपालका फिल्म हलहरूमा विभिन्न हिन्दी तथा नेपाली चलचित्र प्रदर्शन भइरहेका छन् । दर्शकले रूचिअनुसार फिल्म हलमा चलचित्र हेर्ने गरेका छन् । पछिल्लो समय भने नेपाली दर्शकले अत्याधिक रुचाएको फिल्म आरआरआर हुन सफल भएको छ ।

आरआरआर हेर्दाका आफ्नै विशेषता छन् । यो चलचित्र हेर्दा थ्रीडी भएकाले चस्मा लगाएर हेर्नुपर्छ । चस्मा नलगाई हेरे ब्लर देखिने हुन्छ । आफूसँग चस्मा नभए हलमै चस्माको व्यवस्था गरिएको हुन्छ । फिल्म हेरुन्जेल हलमै चस्माको व्यवस्था पनि गरिएको हु्न्छ । यस चलचित्रमा मुख्य कलाकारहरू रामचरण, एनटीआर, आलिया भट्टलगायतले अभिनय गरेका छन् । यस्तै भारतीयबाहेक थुप्रै विदेशी कलाकारको पनि अभिनय छ । यो हेर्नुपर्ने फिल्म भएको दर्शकहरू बताउँछन् । राष्ट्रभक्ति र अटुट साथीको सम्बन्धलगायतका सम्बन्धमा यस फिल्मले सन्देश दिन खोजेको छ ।

काठमाडौंको शान्तिनगर बस्ने शर्मिला कोइरालाले हलमा चार वर्षपछि आरआरआर चलचित्र हेरिन् । चलचित्र हेरेपछि उनलाई एक किसिमको उत्सुकता पैदा भएको छ । पहिला थ्रीडी हेर्न उनलाई त्यति सहज भएको थिएन । अहिले भने हेर्ने अवसर मिल्यो । उनलाई आरआरआर चलचित्रसँगै थ्रीडी चलचित्रका सम्बन्धमा अनुभव पनि लिनु थियो । उनले आरआरआर राम्रो कथाबस्तु भएको फिल्म भएको भनेर प्रचार पनि सुनेकी थिइन् । आरआरआर चलचित्र राम्रो कथा बोकेको चलचित्र भएको भनेर उनले साथीभाइबाट पनि सुनेकी थिइन् ।

यस फिल्ममा बाघसँग जुध्ने डरलाग्दो दृष्य भने सबै दर्शकलाई मन परेको छ । यस्तै यो चलचित्रले जीवनमा केही गर्नुपर्छ, कामदेखि हार्नु हुँदैन भन्ने पनि सन्देश दिएको छ । साँच्चै फिल्म हेर्नका लागि सबैमा आजभोलिसम्म पनि कुतूहुलता भएको छ । विभिन्न सञ्चारमाध्यम तथा हेरिसकेकाहरूको चर्चा सुनेपछि जोकोहीलाई एकपल्ट फिल्मचाहिँ हेरेरै छाड्ने मन हुने गर्छ ।

साउथमा नाम कमाएका दिग्गज हस्ती कालकारको अभिनय चलचित्रमा छ भनेपछि यस फिल्मप्रति दर्शकको क्रेज अझै बढ्दो छ । सबै दर्शक यस फिल्मको सन्देशमूलक विशेषताले मन्त्रमुग्ध पनि छन् । थ्रीडी चलचित्र भनेपछि वास्तविकजस्तै गरी अगाडि नै आउँछ रे भनेर शर्मिलाले ९–१० कक्षा पढ्दादेखि नै सुनेकी थिइन् । पहिला उनलाई भिडभाड हुने भएकाले हेर्ने अवसरै मिलेन ।

शर्मिलाले पनि फिल्म हेर्ने चाहना भएकाले घरैबाट अनलाइन टिकट बुकिङ गरिन् । पहिलाको जस्तो भिड लागेर टिकट लिनुपर्ने अवस्था नरहेकाले अर्थात् सहज भएकाले उनले पनि घरनजिकैको हलमा हेर्न भ्याइन् । शर्मिला उत्सुक हुँदै भन्छिन्, ‘मुभी हेर्दै गर्दा लाइभ दिएको जस्तो एकैचोटि अगाडि आउँछ । हेर्न एकदमै मज्जा आउँछ ।’

आरआरआर चलचित्रले दिन खोजेको सन्देश जुनसुकै वर्ग तथा समुदायका लागि राम्रो छ । ‘म सबैथोक हुँ’, ‘म राम्रो छु’, ‘म जान्ने छु’, ‘म धनी छु’ भनेर मानवीय भावनालाई कुल्चनु हुँदैन भन्ने सन्देश यस फिल्मले दिने दर्शकहरू बताउँछन् । घमण्डले कसैलाई कुल्चिँदा कस्तो परिणाम हुन्छ भन्ने सन्देश पनि आरआरआरले दिएको छ ।

चलचित्रको कथावस्तुअनुसार सामान्य परिवारकी एक बालिकाको आफ्नै गाउँले जीवन छ । उनी आफ्नै स्वच्छन्द जीवन बिताउँछिन् । परिवारमा उनी राम्रो गीत गाउने हुन्छिन् । अंग्रेजहरूलाई बालिकाको गीत खुबै मनपर्छ । उनको गीत सुन्नकै लागि उनीहरूले बालिकालाई खोसेर लैजान्छन् । उनको आमालाई पनि मारिदिन्छन् । बालिका हराएको खबरपछि उनका दाजुले धुइँपताल खोज्छन् । द्वन्द्वात्मक अवस्थापछि बालिकालाई परिवारका अभिभावकले ल्याईकनै छाड्छन् ।

दृष्यमा आउने एनटीआरलाई बाघले झम्टिँदा आफूलाई नै झम्टिएझैं लाग्छ । यस्तै त्यहाँ चलाइएका वाणका तिरले पनि आफूलाई हानेको अनुभूति हुन्छ । यसको मतलब फिल्मका डरलाग्दा दृष्य देखिए पनि फिल्ममा सान्दर्भिक कथा छ । यसमा भारतमा अंग्रेजले शासन गर्दाको थिचोमिचो तथा ज्यादति देखाइएको छ । सत्यको पक्षमा लड्नुपर्छ, हिम्मत हार्नु हुँदैन भन्ने सन्देश पनि यस फिल्मले दिएको छ । समग्रमा यस फिल्मले देशभक्ति तथा स्वाभिमानको सन्देश दिएको छ । यसमा देखिने दृष्यहरू यथार्थ झैं लाग्छ ।

स्वस्ति शर्मालाई पनि आरआरआर फिल्म एकदमै राम्रो लाग्यो । चलचित्रमा विशेष गरेर इफेक्ट प्रयोग गरिएको उनी बताउँछिन् । चलचित्रमा स्पेसल इफेक्ट प्रयोग गरेको हुनाले देखाउन खोजेको इभेन्टहरूचाहिँ वास्तविक छन् । यो पाटो शर्मालाई एकदमै मन परेको छ ।

अरू दर्शकलाई जस्तै स्वस्तिलाई पनि बाघ उफ्रेर आउँदा आफ्नै अगाडि आएको जस्तो महसुस भयो । फिल्ममा कलाकारले पानी फाल्दा उनलाई आफूमाथि नै फालेको महसुस भयो । कलाकारले फाइट गर्दा चुहिने रगत दर्शकले आफ्नो शरीरमा बगेको अनुभूति गर्छन् । चलचित्रमा कलाकारको प्रस्तुति एकदमै राम्रो छ । कलाकारले फिल्ममा आफ्नो भूमिका राम्रोसँग खेलेका छन् ।

चलचित्रको कथावस्तुमा यथार्थताको झल्को दिइएको छ । अंग्रेजले शासन गरेका बेला भारतीय नागरिकले आन्दोलन गर्दा ‘भारत छोडो’ नारा तय गरेका थिए । विदेशीको घुसपैठ रोक्न अनि उनीहरूलाई लखेट्न भारतीय नागरिकले ज्यानको आहुति दिएका थिए । यस फिल्मको फिल्मी डायलग पनि उत्तिकै राम्रो छ । नृत्यको पाटो पनि धेरै राम्रो छ ।

अन्ततः समय क्रमसँगै आरआरआर फिल्म हजार करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । यो फिल्म हजार करोड व्यापारसँगै हिन्दी सिनेमाको तेस्रो ठूलो र भारतीय दोस्रो ठूलो फिल्म बन्न पनि सफल भएको छ । आरआरआर तेस्रो बढी भारतीय रुपैयाँ कमाउने फिल्म पनि हो । पहिले दंगल र बाहुबली–२ ले नाम कमाउन सफल भएका थिए । अहिले भने आरआरआर पनि एक हजार तीन करोड कमाएर तेस्रोमा पर्न सफल भएको छ ।

यस चलचित्रमा अंग्रेजहरूको शासनकालमा भारतमा उनीहरूले गरेको गतिविधि देखाउन खोजिएको छ । कुनै पनि मानवीय सम्बन्धलाई कुल्चिनु हुँदैन भन्ने सन्देश चलचित्रले दिन खोजेको छ । विभिन्न दृष्य, कथा तथा एक्सनले दर्शकलाई तीनघण्टा बितेको पत्तै हुँदैन । जसले हेरेका छन्, आनन्दको अनुभूति गर्ने गरेका छन् ।

प्रतिक्रिया