बुधबार, वैशाख १०, २०८२

‘य‍ो दलीय पद्धतिलाई बलियो बनाउने बेला हो’

जयप्रकाश आनन्द २०७९ वैशाख १२ गते १७:५७

नेपाली कांग्रेस र सत्ता सहभागी दलहरूले स्थानीय निकायको निर्वाचनमा गठबन्धन गरेका छन् । यस्तो गठबन्धनको आलोचना गर्ने एमाले पनि अन्ततः चुनावी गठबन्धन नै गर्यो ।

नेपालको दलीय राजनीतिमा जहाँ कोही पनि आफूलाई कम तथा कमजोर ठान्दैन-यस्तोमा गठबन्धनको अभ्यास कठिन कार्य हो । स्वयं सबै पार्टीहरूभित्र यसबारे चर्चाहरू भए, धेरैले वर्षौंको लगानीलाई नजरअन्दाज गरेर पार्टी परित्याग गरे । यसमा कुनै पार्टी अक्षुण्ण र अपवादमा रहेनन् । असन्तुष्ट र विद्रोहीहरूलाई दलहरूले अनुशासनको कारबाही पनि गरे, हुनसक्छ,यस्ता कारबाही अझ हुनेछ ।

तर, आज नामांकनको प्रक्रिया सम्पन्न भएपछि सबै पार्टीहरूले विवादहरूलाई मथ्थर पार्ने काममा लाग्नुपर्छ । असन्तुष्ट र विद्रोहीहरूले पनि संयमता अपनाई उत्तेजनारहित अवस्थामा फर्किनुपर्दछ । मेरो विचारमा, अब पार्टीहरूले अधिकृत गरेका उम्मेद्‌वारहरूका बीच नै चुनावी प्रतिस्पर्धा हुने वातावरण बनाउनुपर्दछ । यसमा स्वतन्त्र जीवनका उम्मेद्‌वारहरूलाई पनि नकार्न हुन्न ।

अबको बेला दलीय पद्धतिलाई बलियो बनाउने भरथेग गर्ने बेला हो ।

प्रतिक्रिया