गधाको उम्मेदवारी ! (कविता)
अर्जुन पराजुली
२०७९ वैशाख १४ गते ८:२५

चुनिनका लागि गधाले
उम्मेदवारी दिइसकेपछि
गधालाई गोरूले सोध्यो–
भाइ !
मान्छेले-जस्तै मीठो बोलिस् नि त ?!
गधाले भन्यो –
चुनावपछि सुन्न आइज !
भाइ !
कसम खाइस् नि त ?!
गधाले भन्यो –
अहिले खाएँ,
चुनावपछि पचाउँछु !!!

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया